जापान र नेपालको राजनीति र विकासबारे विश्लेषण गरिएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) तथा जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)को संयुक्त आयोजनामा सोमबार आयोजित गोष्ठीमा दुई देशको राजनीतिक परिवर्तन र आर्थिक वृद्धिको प्रवृत्तिगत विश्लेषण विज्ञहरूले गर्नुभयो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य विभिन्न क्रियाकलापमा संलग्न रहेको आरोपमा १८ जना विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। आयोगले धनुषाको शहीद नगर नगरपालिकास्थित बिसरभोरा नहरदेखि गोठकोयलपुर सीमासम्मको कृषि सडक निर्माणका लागि निकासा भएको रकम हिनामिना गरेको आरोपमा तत्कालीन नगरप्रमुखसहित १२ जना विरुद्ध मुद्दा दायर गरेको छ। मुद्दा दायर गरिएकामा तत्कालीन नगरप्रमुख उदयकुमार बरबरिया यादव, उपप्रमुख शिलादेवी कापरी, तत्कालीन लेखा समिति संयोजक जैशीलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया मुखिया रहेको अख्तियारले जनाएको छ।
विगत पाँच वर्षमा नेपालीले मोबाइल फोन खरिदका लागि एक खर्ब ३७ अर्ब रुपियाँ खर्चिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार आव २०७४/७५ देखि २०७८/७९ सम्मको पाँच वर्षको अवधिमा मोबाइल आयातका लागि सो खर्च भएको हो । उक्त रकम खर्च गरेर दुई करोड ७५ लाख थान मोबाइल आयात गरिएको तथ्याङ्क छ ।
जिल्ला अदालत काठमाडौँले सौन्दर्य प्रतियोगिताको आवरणमा नाबालिगमाथि यौन शोषण अभियोग लागेका मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा सात वर्ष कैद सजाय आदेश गरेको छ। न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई सात वर्ष कैद र ७५ हजार रुपियाँ क्षतिपूर्ति भराउने आदेश गरेको हो। सरकारी वकिलले पाण्डेलाई १० देखि १२ वर्षसम्म कैद सजाय माग गरेका थिए।
नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेल प्रतिलिटरमा तीन/तीन रुपियाँ बढाएको छ। निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १७८ रुपियाँ, डिजेल/मट्टीतेल प्रतिलिटर १७५ रुपियाँ पुगेको छ। खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानूनलाई मूर्तरूप दिने बताउनुभएको छ ।
टर्की र सिरियामा गएको शक्तिशाली भूकम्प र त्यसपछि गएका सयौं परकम्पकका कारण मर्नेको सङ्ख्या निरन्तर बढ्दो छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको लिगको चरणको अन्तिम खेलमा न्यु डायमण्डले विभागीय टोली एपीएफ क्लबलाई ३–१ को सेटमा हरायो ।
प्रधानसेनापति प्रभुराम शर्माले उपत्यका पृतना हेडक्वार्टर अन्तर्गत फौजहरू सम्मिलित भई ललितपुर जिल्ला, लेलेमा सञ्चालन भइरहेको सामूहिक तालिमको सोमबार निरीक्षण गर्नुभएको छ ।
सद्धाव अन्सारीले ९७ रनको योगदान गरेपछि नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा भेरी रकर्सको पुरुष टिमले सानदार जित हासिल गरेको छ ।
तीन वर्षदेखि टहरामा बास बस्दै आउनुभएकी बीजमाया जैसीको आवास अभियानका लागि गुठिचौर गाउँपालिकाले एक लाख रुपियाँ विनियोजन गरेको छ ।
धनुषाको नकटाझिजमा पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता सोमबारबाट सुरु भएको छ । जिल्लाको मिथिला नगरपालिका र नेपाल हक्की सङ्घको संयुक्त आयोजना प्रतियोगिता भएको हो ।
नेकपा (एमाले) को माघ २९ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ ।
बलात्कार आरोपमा पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाहको मुद्दामा उच्च अदालत पोखराले शाहलाई १५ दिन भित्र उपस्थित गराउन उच्च अदालत पोखराले आदेश दिएको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रमुख प्रतिपक्षी दलले सरकारको समर्थन गर्ने परम्परा कहिल्यै नभएको बताउनुभएको छ ।