काठमाडौं, असार ३० गते । प्रज्ञा फिल्मस्काे ब्यानरमा बनेको टेलिचलचित्र माया सार्वजनिक भएको छ । टेलिचलचित्रमा जातीय भेदभावको कथावस्तुलाई समेटिएको छ । यो एउटा नितान्त पारिवारिक र सामाजिक यथार्थताको भाव बोकेको टेलिचलचित्र हो । साँचो प्रेम गर्नेहरुका लागी जातभातले रोक्नुहुन्न, विभेद अन्त्य हुनपर्छ भन्ने मूल सन्देश दिन खोजिएको माया टेलिचलत्रिका लेखक तथा निर्देशक सरोज दाहालले बताउनुभयो ।टेलिचलचित्रमा प्रज्ञा जोशी, रश्मि भट्ट, आरजे सिंह, सरोज दाहाल, रमेश अधिकारी, राजाराम गौतम, मुना भण्डारी, रबिना बस्ताकोटी, प्रिया वाइबालगायतका कलाकारको अभिनय छ । प्रज्ञा फिल्मस् अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको टेलिचलचित्र मायाको छायाङ्कन तथा सम्पादन जोन चाम्लिङ राइ शृङ्गार प्रिया नगरकोटी र पोष्ट प्रोडक्सन सिनेमा हबको छ ।
काठमाडौं, असार ३० गते । गीतकार प्रेमप्रसाद राजभण्डारीको 'चटपटे भटभटे' म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय युवा सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा सजिएको यो गीतलाई गोल्डेन क्रियसन प्रालिले बजारमा ल्याएको हो ।गीतमा चर्चित गायिका रचना रिमाल र चर्चित युद्धमोर्चाका छापामार गायक मोहित श्रेष्ठको सुमधुर स्वर रहेको छ । यस गीतको भिडियोमा अञ्जली अधिकारी र उमेश राईले अभिनय गर्नुभएको छ । सुप्रसिद्ध म्युजिक भिडियो सम्पादक प्रकाश धमला ‘भान्जा’ ले सम्पादन गर्नुभएको यो म्युजिक भिडियोमा सिनेमेटोग्राफी सुरेश श्रेष्ठको रहेको छ । गुरु आमा फिल्मको पोस्ट प्रोडक्सनमा सार्वजनिक यस भिडियोमा निर्देशन स्मृति तिमिल्सिना ‘गुरु आमा’ को दमदार प्रस्तुती देख्न सकिन्छ ।लामो समय अमेरिकामा बस्दै आउनुभएका दाङ जिल्ला निवासी प्रेम राजभण्डारीले यस पटक दर्शक श्रोता माझ नयाँपनमा ‘चटपटे भटभटे’ गीतको भिडियो सार्वजनिक गर्नुभएको हो । गीतकार राजभण्डारीले यस अघि ‘फूलझैँ जीवन’ एल्बम सार्वजनिक गर्नुभएको छ । यो म्युजिक भिडियो ‘चटपटे भटभटे’ गीतकार राजभण्डारीको दोस्रो एल्बम ‘फूलको थुँगा’ बाट लिइएको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद डा. विमला राई (पौडेल)ले सभामुख अग्निप्रसाद सापकोटाको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
काठमाडौं, असार ३० गते । बलिउड अभिनेत्री जाह्नवी कपुरको फिल्म 'गुड लक जेरी'को ट्रेलर सार्वजनिक गरिएको छ । 'डिज्नीप्लस हटस्टार'को निर्माणमा बनेको यो फिल्म अ कलर याल्लो प्रोडक्सन र लाइका प्रोडक्सनले महावीर जैन फिल्म्ससँगको सहकार्यमा बनेको हो । फिल्ममा दिपक डोब्रियल, मिता बसिष्ट, निरज सुद र सुशान्त सिंहको पनि मुख्य भूमिका रहेको छ । सिद्धार्थ सेनको निर्देशन रहेको फिल्म हाँस्य व्यंग्यात्मक कथामा आधारित छ । फिल्म २९ जुलाईमा डिज्नीप्लस हटस्टारमा रिलिज हुने बताइएको छ ।
राष्ट्रिय सभाका सांसद एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले एक हप्ताभित्र राष्ट्रिय सभाका उपाध्यक्ष पदको निर्वाचन गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गर्नुभएको छ । सांसद गौतमले राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको टुंगो तत्काल लगाउन अध्यक्ष तिमिल्सिनाको पुनः ध्यानाकर्षण गराउनुभयो ।
जिल्लाका अधिकांश क्षेत्रमा बनाइएका र बनाउन थालिएका जलाशयहरु वन जङ्गल क्षेत्रमा छन् । दाङ उपत्यकाको उत्तरी क्षेत्रमा बनाइएका त्यस्ता जलाशयबाट पानी सञ्चय मात्रै नभई जङ्गलमा रहेका पशुपंक्षीलाई पानी र कृषकलाई सिंचाई सुविधा हुँदैआएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की नेत्री विद्या भट्टराईले प्रतिनिधिसभाको उपसभामुख पदमा मनोनयन दर्ता गराउनुभएको छ । बिहीबार संसद भवनमा पुगेर नेत्री भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव एवम् राष्ट्रियसभाका सांसद डा. बेदुराम भुसालले मुलुकमा बेरुजु बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।
राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै भए/नभएको सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभएको छ ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले खुलेआम सङ्घीयता खारेज गर्ने र पुरानै राजतन्त्रमा जाने प्रवृत्ति अझै रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल (गौतम)ले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशसभाको बुधबार बसेको दोस्रो बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को बजेट बहुमतले पारित भएको छ ।
कम्पले भत्काएको प्रसिद्ध धार्मिक स्थल कालिका मन्दिर र रङ्गमहल पुनर्निर्माणमा ढिलाइ भएको छ । एक वर्षभित्र ‘रेट्रोफिटिङ’ गर्नेगरी पुरातत्त्व विभागले २०७८ साउन १५ गते श्री धर्म-आरआर जेभीसँग निर्माण ठेक्का सम्झौता गरेको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र यसअन्तर्गतका विभाग, बोर्ड, समिति तथा कार्यक्रमको चालू आर्थिक वर्षको कुल खर्च ७५.३२ प्रतिशत पुगेको छ । त्यसमा चालू खर्च ७८.५५ प्रतिशत र पुँजीगत खर्च ४५.५१ प्रतिशत खर्च भएको छ ।
बाँके जिल्लाको नरैनापुर गाउँपालिकामा एक अर्बभन्दा बढीको लगानीमा अत्याधुनिक रङ्गशाला निर्माण सुरु भएको छ । नरैनापुर–४ मा पाँच बिघा क्षेत्रफलमा सो रङ्गशाला निर्माण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।रङ्गशाला निर्माणका लागि पहिलो चरणमा माटो पटान र पर्खाल लगाउने कार्य सुरु भएको जनाउँदै गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले पाँच करोड रुपियाँ बजेट उपलब्ध गराएको बताउनुभयो ।उहाँले केन्द्र र प्रदेश सरकारले दिएको बजेटअनुसार भौतिक संरचना निर्माण गर्दै जाने योजना रहेको जनाउँदै सो रङ्गशाला बहुवर्षीय योजनाअन्तर्गत निर्माण गरिने बताउनुभयो ।