प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ । सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरूसँग संसद्का गतिविधिहरूलाई चलायमान बनाउने कुरामा छलफल गर्नुभएको हो ।
सर्लाहीको हरिवनमा आइतबार राति मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका दुई जनालाई सोमबार बिहान थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहित अघि बढेको बताउनुभएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रौतहटले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान चलाउने भएको छ । अघिल्लो पटक यस रोगविरुद्धको औषधि बहुसङ्ख्यक मानिसले नखाएका कारण यसपटक अभियान नै सञ्चालन गरी औषधि खुवाउन थालिएको हो ।
आइतबार दिउँसो सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा भएको आगालागी पीडितलाई सिमकोट गाउँपालिकाले राहत प्रदान गरेको छ ।
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का सांसद उर्मिला अर्याल निर्वाचित हुनुभएको छ ।
दक्षिण पूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रबिन्दु रहेको ७.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार २३० जनाभन्दा बढी पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार एक सय छ । उक्त सुनको मूल्य अघिल्लो दिन रू एक लाख तीन हजार छ सय थियो ।
पार लागर्कभिस्टको जन्म स्विडेनको भेक्जोमा मे २३ १८९१ मा भएको हो । स्विडिस नाटककार कवि एवं उपन्यासकार पार्क लागर्कभिस्टलाई स्वतन्त्र विचारका कविता रचना गरेबापत सन् १९५१ को नोबेल पुरस्कार प्रदान गरियो । उनी खासगरी उपन्यासकारका रूपमा चर्चित छन् । पार्क लागर्कभिस्टका ६० भन्दा बढी कृतिहरू प्रकाशित छन् । द ह्याङ गम्यान (१९३३), मिड समर नाइट इन द वर्क हाउस (१९४९), द ड्वार्फ (१९४४) लेट म्यान लिभ (१९४९), बारव्वास (१९५१) तथा पिलग्रिम याट सी (१९६४) उनका प्रमुख कृतिहरू हुन् । यिनको मृत्यु ११ जुलाई १९७७ मा स्टकहोममा भयो ।
आहा कति रमाइलो दिन आज खुसीको । प्रकृतिलाई आँखामा भेटेको । आज दिनभरि प्रकृतिमै विलीन भई बिताउने योजना बुनेको । प्रकृतिसँग सन्निकटताको अनुभव गर्न हतारिएको । प्रकृतिको मीठो मुस्कानको स्वागतमा पाहुना बनेर प्रकृतिकै पाखाखेरासम्म चहार्न उत्सुक बनेको । भीर, झोर, झाडी, कुनाकाप्चा, घुम्ती, कुइनेटा आदि सबै छिचोलेर प्रकृतिमै सुन्दरताको रस चाख्ने धोको धेरै पहिलेको । स्थानीयपन र पहिचानको रसास्वादन गरी चखिलो मिठासको आभासमा हराउने लालसा ।
मानपुर गाउँमा विभिन्न जातजाति, भाषाभाषी, धर्मका मानिसहरू बसोबास गर्थे । त्यही गाउँमा सानो घर भएको किसानको परिवार पनि बस्थ्यो । उनीहरू निकै गरिब थियो । त्यो परिवारलाई बिहान एक छाक खाना खाएपछि बेलुकी के खानी भनेर सोच्नु पथ्र्यो ।
मेरी प्यारी आमा लगाउनु हुन्छ जामा बनाउने मीठो खाना आमा हेर्नु हुन्छ तारा ठूलो छ संसार सारा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँगको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।