उपमहानगरपालिकाहरूको राष्ट्रिय सम्मेलन ७ बुँदे बुटवल घोषणापत्र जारी गर्दै सकिएको छ ।
कस्तो छ होला कुन्नी त्यो बादल पारिको देश । याद गर्छु तिमीलाई सधैँ थियौ तिमी निकै विशेष ।
प्युठान उद्योग वाणिज्य सङ्घले लुम्बिनी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा स्वर्गद्वारी प्युठान पाँचौँ महोत्सव २०७९ आयोजना गर्ने भएको छ । विजुवारस्थित गणतान्त्रिक खेलमैदानमा आगामी फागुन ४ गतेदेखि १४ गतेसम्म महोत्सव सञ्चालन हुने सङ्घले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कपिलवस्तु जिल्लाका १० स्थानीय तहमध्ये धेरै उजुरी पर्ने स्थानीय तह यशोधरा गाउँपालिका रहेको छ। सबैभन्दा कम उजुरी पर्ने स्थानीय तहमा शुद्धोधन गाउँपालिका र कपिलवस्तु नगरपालिका छन् । गत आर्थिक वर्ष र यो आर्थिक वर्षको उजुरीका आधारमा यशोधरा गाउँपालिकाको १२ उजुरी र शुद्धोधन गाउँपालिका र कपिलवस्तु नगरपालिकाको एक/एकवटा मात्र उजुरी परेको आयोगको कार्यालय बुटवले जनाएको छ। शुद्धोधनमा आयोजित भष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी स्थानीय तहसँगको अन्तत्र्रिmया कार्यक्रममा आयोगले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो।
पश्चिम नवलपरासीका गण्डकपीडितले भारतीय पक्षसँग सहमति भएको १४ वर्ष बितिसक्दासमेत क्षतिपूर्ति रकम पाएका छैनन्। त्रिवेणी नदीमा बाँध बनाएर नेपाली भूभागबाट भारत लगिएको पश्चिम गण्डक नहरले खेतीयोग्य भूभाग एवं बस्तीमा पु-याएको क्षतिबापतको रकम किसानहरूले नपाएका हुन्। भारत सरकारले क्षतिपूर्ति दुई अर्ब ६३ करोड ६० लाख ९३ हजार ८३ रुपियाँ रकम नेपाली किसानलाई दिने सहमति भएको थियो तर १४ वर्ष बितिसक्दासमेत नेपाली पीडितले राहत रकम नपाएको गण्डक नदी नियन्त्रण सङ्घर्ष समितिका अध्यक्ष दूधनाथ गुप्ताले बताउनुभयो।
स्थानीय गाउँबस्तीमा पुस्तौँपुस्तादेखि चलाइँदै आएको परम्परागत पानीघट्ट अहिले विस्थापित हुँदै गएका छन्। बिजुली बत्तीको सहजतासँगै पानीघट्टको ठाउँमा कुटानीपिसानीका मिल सञ्चालनमा आएका छन्। आधुनिक विद्युतीय घट्ट तथा मिल गाउँगाउँमा पुगेपछि विगतमा लोकप्रिय मानिने पानीघट्ट विस्थापित हुँदै गएको हो। भूमे गाउँपालिका–३, झुम्लाबाङका ६४ वर्षीय विष्णु बुढाले २०३४ सालदेखि पानीघट्टबाट जीविकोपार्जन गर्दै आउनुभएको छ। झुम्लाबाङमा बिजुली पुगे पनि पानीघट्ट अझै लोकप्रिय छ। झुम्लाबाङ नजिकैको गाउँ क्याङ्सी, सिमा र गाबाङ गाउँमा विद्युतीय घट्ट एवं मिलले पानीघट्टलाई विस्थापित गरेको उहाँले बताउनुभयो।
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले आफू मन्त्री कति दिन हुने भन्ने टुङ्गो नभए पनि सांसद भने पाँच वर्षसम्म रहने बताउनुभएको छ । त्यही भएर मन्त्री भएको समयमा सबैले सम्झने खालको काम गर्ने प्रतिबद्धतासमेत उहाँले बताउनुभयो । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नागरिकको स्वास्थ्यप्रति सचेत र जिम्मेवार हुन धौलागिरि अस्पताल व्यवस्थापन समिति, चिकित्सक, स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ ।
पोखराको उत्तरपूर्वी भू–भागमा रहेको काहुँडाँडा पर्यटकीय गन्तव्यको केन्द्र बनेको छ । पाँच दशकअघि निर्माण गरिएको पोखराको पहिलो धरहराबाट टलक्क टल्कने हिमशृङ्खला, फेवातालसहित पोखरा बजार देख्न सकिन्छ । बिहान सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्नसकिने मनोरमस्थल काहुँडाँडा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
स्थानीय तहले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार तथा प्रशिक्षण कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन्। स्थानीय सरकारले पूर्वाधार निर्माणमा लगानी गर्न थालेपछि पालिकास्तरमा खेलकुदका गतिविधि पनि बढेका छन्। खेलकुदको विकासका लागि पूर्वाधार तथा खेलाडीको क्षमता अभिवृद्धि गर्न पालिकाले लगानी बढाउन थालेका हुन्।
कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्ला सडकखण्डमा यातायात व्यवसायीले यात्रुसँग चर्को भाडा असुल्ने गरेका छन्। सर्केगार्ड गाउँपालिका–७ का हंश विकले एक हजार सात सय रुपियाँले पिलुचौर पुगेको र पिलुचौरदेखि कालीकोटको लालीघाटसम्म ६१ किलोमिटरका लागि थप एक हजार पाँच सय रुपियाँ तिरेको बताउनुभयो।
कर्णालीमा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ। पोखरापछि पहिलो पटक सुर्खेतस्थित प्रदेश अस्पतालमा शनिबार पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको हो। मिर्गौला प्रत्यारोपणका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काको नेतृत्वमा विशेषज्ञ चिकित्सकको टोली खटिएको थियो।
बाजुराको बूढीनन्दा नगरपालिका–२ को जनप्रकाश माध्यमिक विद्यालयको मैदानमा करोडौँ खर्चेर लगाइएको जैतुन खेती अलपत्र परेको छ। जैतुनको परियोजना सकिएसँगै अहिले जैतुनको बगैँचा पनि अलपत्र भएको हो। इटालियन सरकारको सहयोगमा सन् २००६ मा लगाइएको जैतुन सन् २०१६ मा सफल भएको भन्ने प्रतिवेदन तयार पारिएको थियो। सोही प्रतिवेदनका आधारमा परियोजनाले बाजुराको कोल्टीमा जैतुन खेती विस्तार गरेको थियो। त्यसपछि पिलुचौर जैतुन जोन कार्यालय स्थापना गरेर कुन्ना क्षेत्रका विभिन्न ठाउँमा जैतुनको खेती सञ्चालन गरिँदै आएको छ।
क्यान्सर अर्थात् अर्बुद रोगलाई एक असाध्य रोगका रूपमा लिइन्छ । शरीरका कुनै पनि अङ्गमा अनावश्यक कोषिकाको निर्माण तथा विस्तार नै यस रोगको जड मानिन्छ । लामो समयसम्मको खोकी, बिनाकारण शारीरिक तौलमा कमी, असामान्य तवरबाट शरीरका कुनै अङ्गबाट रक्त बग्नेजस्ता कारण क्यान्सरका लक्षणका रूपमा बुझिन्छ । विज्ञहरूका अनुसार एक सयभन्दा बढी प्रकारका क्यान्सरले मानव शरीरलाई प्रभावित गर्ने गरेको छ । नसर्ने रोगका रूपमा क्या