• ११ मंसिर २०८१, मङ्गलबार

डाँडाफया आगलागी पीडितलाई गाउँपालिकाद्वारा राहत प्रदान

blog

सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा भएको आगालागी पीडितलाई सिमकोट गाउँपालिकाले राहत प्रदान । तस्बिर :राजन रावत

राजन रावत
हुम्ला माघ २३ गते ।
 आइतबार दिउँसो सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा भएको आगालागी पीडितलाई सिमकोट गाउँपालिकाले राहत प्रदान गरेको छ । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएका पीडितहरूलाई तत्काल केही भए पनि सहयोग पुर्‍याउनका लागि गाउँपालिकाले सो सहयोग गरेको हो ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष नन्द रावतले आगलागी पीडितलाई तत्कालै घटना स्थल पुग्न नसकिए पनि घटनास्थलमाथिको लाग्नामा पुगेर सहयोग स्वरूप राहात प्रदान गरिएको बताउनुभयो ।

अध्यक्ष रावतसहितका टोलीले राहत सामग्री प्रदान गरेका हुन् । चारै जना आगालागी पीडितलाई राहत सहयोग गरिएको हो । सहयोग गरिएको सामानमा चामल, चाउचाउ, तेल, सावन, पाल, बाल्टी, जग रहेका छन् । बासको समेत व्यवस्था नभएका पीडितलाई यसबाट केही राहत मिल्ने विश्वास गाउँपालिकाले गरेको छ । सो कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत ममता रोकायाको पनि सहभागिता रहेको थियो ।

छक्क सिंहको घरमा विधुत सर्ट भएर आगलागी भएको थियो । त्यसबाट छक्क सिंह र काली सिंहको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने सुरसिंह सिंह र अन्य एक जना व्यक्तिको घरमा आंशिक क्षति पुगेको हो ।

स्थानीय बासिन्दाहरूले आगो भने नियन्त्रणमा लिएका थिए । दिउँसो भएको कारण आगलागीबाट मानवीय क्षति भने हुन पाएन ।  आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि घटना स्थल पुगेको थियो ।