• १४ वैशाख २०८१, शुक्रबार

बढ्यो डिजेल, पेट्रोलको मूल्य

blog

काठमाडौँ, माघ २४ गते । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेल प्रतिलिटरमा तीन/तीन रुपियाँ बढाएको छ। 

निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १७८ रुपियाँ, डिजेल/मट्टीतेल प्रतिलिटर १७५ रुपियाँ पुगेको छ। खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ। 

इन्डियन आयल कर्पोरेसन  (आईओसी)ले १ फेबु्रअरीमा पठाएको मूल्यअनुसार डिजेल पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ मूल्य बढेर आएको थियो। 

सोहीअनुसार स्थानीय बजारमा मूल्यवृद्धि गरिएको निगमले जनाएको छ। तेल खरिद गरेबापत आईओसीलाई १६ अर्ब ३० करोड रुपियाँ भुक्तानी गर्नुपरेको र उपभोक्तालाई सहज आपूर्ति गर्न मूल्य बढाउनुपरेको निगमले जनाएको छ। 

आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ। सोहीअनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गर्छ। 

बजारमा ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर १७० रुपियाँ रहेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दै गएपछि त्यसको असर स्थानीय बजारमा पर्न गएको हो।