नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन नसकेको बताउनुभएको छ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सञ्चार क्षेत्रमा एकद्वार प्रणालीको सेवा नहुँदा नेपालले प्रविधिमा फड्को मार्न नसकेको बताउनुभएको छ।
युरोपेली युनियनको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ ।
मन्त्रिपरिषद्को बैठकमा युनले दक्षिणी टर्की र सिरियामा गएको ७.८ म्याग्निच्युडको भूकम्पमा ज्यान गुमाएका ४ हजार भन्दा बढी मानिसहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
दक्षिणी प्रान्त क्यामानाको अरेकिपा क्षेत्रमा आएको पहिरोमा परेर अरु पनि कैयौँ व्यक्ति हराएका छन् । उनीहरु पुरिएको आशङ्का गरिएको बताइएको छ ।
हरेक वर्ष फागुन ७ गते मनाइने प्रजातन्त्र दिवस भव्यरूपमा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा सिंहदरबारमा बसेको छ ।
‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आज (मङ्गलबार) देखि भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रदर्शनी आज यहाँ उद्घाटन गर्नुभएको हो ।
नवनिर्वाचित राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गर्नुभएको छ । मङ्गलबार बिहान राष्ट्रपति भवनमा आयोजित एक समारोहका बीच उपाध्यक्ष अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
काठमाडौं महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ ।
नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति भवनमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष उपाध्यक्ष अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
'द भ्वाइस अफ नेपाल' सिजन ४ का विजेता गायक करण राईको पहिलो आधिकारिक गीत 'चङ्गा' सार्वजनिक भएको छ ।
अष्ट्रेलियाका चर्चित क्रिकेटर आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएको छ । ३६ वर्षीय फिन्चले सोमबार राति अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएको हो ।
बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज (मंगलबार) भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं.–४ को घर्तीगाउँ र ५ को बाँसबोटे जोड्ने रिट्ठाबोट फेदीखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । पुल नहुँदा दुई गाउँका स्थानीयलाई आउजाउमा समस्या थियो । पुल बनाउन कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजको ९१ लाख र स्थानीयको जनश्रमदान गरी एक करोड रुपियाँ खर्च भएको चम्पादेवी गाउँपालिका–४ का वडाध्यक्ष इन्द्र केसीले बताउनुभयो । तस्बिर : शेरबहादुर राई/ओखलढुङ्गा
जिल्लाको नरहरिनाथ गाउँपालिको रहगाड झुलङ्गे पुल लामो समयसम्म मर्मत हुन सकेको छैन । झाेलुङ्गे पुल बाढीले बगाएको दुई वर्ष छ महिना पुग्दासम्म मर्मत नहुँदा गाउँपालिकाभरिका नागरिक समस्यामा छन् ।