• १३ असोज २०८१, आइतबार

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ

blog

राष्ट्रपतिको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिनुहुँदै उपाध्यक्ष उर्मिला अर्याल । तस्बिर : संसद् सचिवालय

काठमाडौं, माघ २४ गते । नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

मङ्गलबार राष्ट्रपति भवनमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष उपाध्यक्ष अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन,  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेकाे उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष अर्याललाई शपथ गराउनुभएको हो ।

शपथ लगत्तै संसद् सचिवालयमा उहाँले कार्यभार सम्हाल्ने कार्यक्रम छ ।