बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज (मंगलबार) भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं.–४ को घर्तीगाउँ र ५ को बाँसबोटे जोड्ने रिट्ठाबोट फेदीखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । पुल नहुँदा दुई गाउँका स्थानीयलाई आउजाउमा समस्या थियो । पुल बनाउन कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजको ९१ लाख र स्थानीयको जनश्रमदान गरी एक करोड रुपियाँ खर्च भएको चम्पादेवी गाउँपालिका–४ का वडाध्यक्ष इन्द्र केसीले बताउनुभयो । तस्बिर : शेरबहादुर राई/ओखलढुङ्गा
जिल्लाको नरहरिनाथ गाउँपालिको रहगाड झुलङ्गे पुल लामो समयसम्म मर्मत हुन सकेको छैन । झाेलुङ्गे पुल बाढीले बगाएको दुई वर्ष छ महिना पुग्दासम्म मर्मत नहुँदा गाउँपालिकाभरिका नागरिक समस्यामा छन् ।
भाइबहिनीलाई कसरी धेरै मानिसका अगाडि बोल्न सकिएला भन्ने कौतुहलता हुन सक्छ । कतिपय बालबालिका दुई चार जना व्यक्ति देख्नासाथ अगाडि बोल्न परे डराउने र आएका कुरा पनि बिर्सेर हडबडाउने समस्या हुन सक्छ । अरू बेला मजाले बोल्न सक्ने तर मान्छेको अगाडि भने बोल्न डर लाग्नु धेरै बालबालिका तथा ठूला मान्छेहरूको पनि समस्या हो । बालबालिकाले कसरी आत्मविश्वास बढाएर धेरै मान्छेको अगाडि तथा स्टेजमा बोल्ने त ?
‘ठाडो’ शब्दले नेपाली जनमानसमा त्यति राम्रो अर्थ बोक्दैन । जब ठाडो भाकाको कुरा आउँछ यसले ‘ठाडो’का सबै दुर्गण बिर्साउँछ । अर्थात् नाउँ ‘ठाडो’बाट सुरु भए पनि यसले एउटा सुललित लोकलयको स्मरण गराउँछ । गण्डक क्षेत्र नेपाली लोकगीत र साहित्यको क्षेत्रमा गण्डकीको जल जत्तिक्कै पवित्र छ । यहाँको लोकलयमा कठोर हृदयलाई पनि पगाल्न सक्ने सामथ्र्य छ । सालैजो, कौरा, चुड्का, रोइला, घाटु, बालुन आदिको पङ्क्तिमा ठाडो भाका पनि दर्बिलो उपस्थिति लिएर उभिएको छ । यसै सन्दर्भमा ‘ठाडो भाकाको लोक–सांस्कृतिक इतिहास’ नामक पुस्तक लिएर अनुस
मधेश प्रदेशमा करार पदपूर्ति बन्द गर्नुपर्ने माग राख्दै कम्प्युटर अपरेटरका विद्यार्थीहरूले ज्ञापनपत्र बुझाएका छन् ।
लाइन्स क्लब अफ बुटवलले मङ्गलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा दुई सय ५० जनाको निशुल्क स्वास्थ्य जाँच गरी औषधी वितरण गरिएको छ । मधुमेह र प्रेसरका विरामीहरुको चेकजाँच पछि आवश्यक निशुल्क औषधि वितरण पनि गरिएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको कामले तीव्रता पाएसँगै भेडाबारी सडकखण्डको एक किलोमिटर सडक परीक्षणका रूपमा कालोपत्रे गरिएको छ । कालोपत्रे गरिएको सो सडकको नमुना परीक्षणसमेत सफल भएको छ । अब सडक कालोपत्रेको काम अघि बढाइने बुटवल–नारायणगढ सडकखण्डको ठेकेदार कम्पनी चाइना कन्स्ट्रक्सनका इन्जिनियर रोकश झाले बताउनुभयो ।
पोखराको मुख्य सडकमा हुने अव्यवस्थित पार्किङ निषेध गर्ने निर्णय कार्यान्वयन छोडेर महानगरपालिकाले वैकल्पिक व्यवस्थापनको खोजी सुरु गरेको छ । पोखराको चिप्लेढुङ्गा, न्युरोड, सभागृह चोक, पृथ्वी चोक र नयाँबजार क्षेत्रलाई महानगरले केन्द्रमा राखी उक्त स्थानमा पार्किङ निषेध गराउने निर्णय गरेको थियो । सो निर्णयलाई पोखरा उद्योग वाणिज्य सङ्घलगायतका व्यवसायीले विरोध गरेपछि महानगरले पार्किङ व्यवस्थापनमा जोड दिएको छ । तत्काल सडकबाट पार्किङ नहटाए दीर्घकालीन रूपमा हटाउनै पर्ने बाध्यता रहेको महानगरका प्रवक्ता मोतीराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रमुख प्रेरणास्थल घाँसीकुवाको अस्तित्व जोखिममा परेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकाले घाँसीकुवामा रहेको कुवा र उद्यान सडक विस्तारसँगै मासिने जोखिम बढेको छ ।
दाङमा अझै पनि हात्तीपाइले रोगको उच्च जोखिम कायमै रहेको छ। विगत १२ वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सञ्चालन हुँदै आए पनि जिल्ला हात्तीपाइले रोगको जोखिमबाट मुक्त हुन सकेको छैन। नागरिकको लापरबाही र औषधि सेवनका बारेमा गलत सूचना प्रवाहका कारण यो रोग निवारणमा चुनौती देखिएको स्वास्थ्यकर्मी बताउछन्। गत वर्षको सर्वेक्षणअनुसार ४२९ जनामा हात्तीपाइले र एक हजार ६१४ जनामा हाइड्रोसिल गरी कुल दुई हजार ४४ जनामा हात्तीपाइले रोगको समस्या देखिएको छ। सन् २०११ मा पहिलो पटक गरिएको परीक्षणमा जिल्लामा ८७ प्रतिशतमा रोग नियन्त्रणका लागि पहल गरिएको थियो तर पछिल्ला वर्षमा रोग नियन्त्रणको दर घट्दै जाँदा समस्या थपिएको भनाइ स्वास्थ्यकर्मीको छ। पछिल्लो तीन वर्षको अवस्था विश्लेषण गर्दा रोग नियन्त्रणमा ल्याउन चुनौती देखिएको छ। सन् २०२० मा जिल्लामा ६५ प्रतिशतमा झरेको सङ्क्रमण दर सन् २०२१ मा बढेर ६७ प्रतिशत हुँदै अघिल्लो वर्ष सन् २०२२ मा ६८ प्रतिशतमा पुगेको छ। हात्तीपाइले रोगको सङ्क्रमण दर २ प्रतिशतभन्दा कम हुनुपर्ने भए पनि अहिले जिल्लामा बढी रहेको स्वास्थ्य कार्यालय दाङका निमि
देउखुरी उपत्यकालाई जोड्ने राप्ती नदीमा बनेको पक्की पुल जीर्ण हुँदै गएपछि मर्मतको काम थालिएको छ। लामो समयसम्म पुल मर्मतको काम नहुँदा दुर्घटनाको जोखिम बढेको थियो। पुल निर्माण भएप्छि देउखुरी उपत्यकाको राप्तीपारि–वारिको क्षेत्रलाई आवतजावतमा सहज भए पनि निर्माण भएको लामो समयसम्म पुलको मर्मत हुन सकेको थिएन। २०५६ सालमा राप्ती नदीमा पक्की पुलको शिलान्यास भएर निर्माणको काम सुरु भई २०५९ मा निर्माण कार्य सकिएको थियो। फलामे पुलमा खिया लागेको थियो।
भीर र रुखबाट लड्दा एकै दिन पाँचथरको फिदिम नगरपालिकाका २ जनाको ज्यान गएको छ ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा वनरक्षक खटिन थालेका छन्। कैलालीको पहलमानपुर डिभिजन वनअन्तर्गतका १० वटा सबडिभिजन कार्यालयमा सोमबारदेखि उनीहरू हाजिर भएर वनरक्षकका रूपमा खटिन थालेका हुन्। डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुलप्रसाद रिजालका अनुसार सुखड, साँडेपानी, बौनिया, लम्की, भजनी, टीकापुर, फलेबिसौनालगायत १० वटा सबडिभिजन कार्यालयमा ३१ जना वनरक्षक सोमबारदेखि हाजिर भएर कार्यक्षेत्रमा खटिएका छन्।