• ८ पुस २०८१, सोमबार

बिजुली नियमित

blog

सर्लाही समाचारदाता

सर्लाही, माघ २४ गते । सर्लाहीको बरहथवा नगरपालिका–११ मा दुई महिनापछि आइतबार रातिबाट बिजुली बत्ती नियमित भएको छ । 

ग्रामीण विद्युतीकरणअन्तर्गत विश्वेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाले बक्यौता रकम बुझाउन नसक्दा नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रले गत मङ्सिर २७ गतेदेखि उक्त गाउँमा बत्ती काटेको थियो। प्राधिकरणले लाइन काटेदेखि त्यस वडाको हीरापुर, हीरापुर ब्यारेज र खोरकट्टी गाउँका बासिन्दा दुई महिनादेखि अन्धकारमा बसिरहेका थिए। 

सहकारीको नाममा रहेको बिजुलीको १३ लाख २६ हजार ३४ रुपियाँ बक्यौता बरहथवा नगरपालिकाले तिरिदिने कार्यपालिका बैठकबाटै निर्णय गरेपछि प्राधिकरणले आइतबार रातिबाट बत्ती छाडेको हो। गाउँमा अब ग्रामीण विद्युतीकरणलाई हटाएर सोझै प्राधिकरणमार्फत नै मिटर राख्ने र बिल काट्ने व्यवस्था मिलाइएको बरहथवा नगरपालिका–११ का वडाध्यक्ष नवराज राईले जानकारी दिनुभयो। 

गाउँमा दुई महिनापछि विद्युत् नियमित भएसँगै स्थानीय खुसी भएका छन्। सहकारी संस्थाले बदमासी गर्दा नियमित बिजुलीको महसुल बुझाउने ग्राहकसमेत दुई महिनासम्म अन्धकारमा बस्नुप-यो। स्थानीयहरू दुई महिनासम्म मोबाइल चार्ज गर्न छिमेकी गाउँमा जानुप-र्यो भने टुकी बत्ती बालेर रात काट्नु प-यो। यत्तिका दिनसम्म बिजुलीबाट चल्ने सम्पूर्ण उपकरण बन्द भए। हीरापुरका स्थानीय बद्री साहले गाउँका स्थानीयले धमाधम प्राधिकरणबाट मिटर लिएर बत्ती बालिरहेको बताउनुभयो।