टिकापुर प्रकरणमा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका रेशम चौधरीको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आम माफी पाएको विरुद्धमा परेको रिटको सुनुवाइ हुँदैछ ।
नेपालका आदिवासी जनजाति रानाथारू समुदायबाट धनगढीकी डा जीवन रानाले पहिलो पटक विद्यावारिधि गर्नुभएको छ। आफ्नो समुदायबाट विद्यावारिधि गर्ने उहाँ पहिलो व्यक्ति बन्नुभएको हो। उहाँले नेपाल संस्कृत विश्वविद्यालय बेल्झुन्डी दाङबाट विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गर्नुभएको छ। रानाले ‘सोसियो कल्चरल लाइफ अफ रानाथारू’ विषयमा अङ्ग्रेजीमा शोधपत्र तयार पार्नुभएको थियो।
पानी ल्याउन प्रयोग गरिएको पम्प र पाइपलाइन जलेपछि धनकुटा बजारमा खानेपानीको हाहाकार भएको छ ।
बैतडी जिल्लाको १० वटा स्थानीय तहले नियमविपरीत ७६० जना करारका कर्मचारी भर्ना गरी वार्षिक १६ करोड ८७ लाख रुपियाँ खर्च गर्दै आएको पाइएको छ। स्थानीय तहको पुनर्संरचना हुनुअघि दुई नगरपालिका र ५८ गाउँ विकास समिति रहेको यस जिल्लामा ६२ जना गाविस सचिवले प्रशासनिक काम कारबाही सञ्चालन गर्दै आएका थिए।
भेरी कोरिडोरको जाजरकोट खण्डमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ। पासागाडदेखि रिम्नासम्मको १६ किलोमिटर कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ।
वीरेन्द्रनगर नगरपालिका–९ की ३० वर्षीय आशा घिमिरे पाँच वर्षदेखि व्यावसायिक तरकारी खेतीमा संलग्न हुनुहुन्छ। दुई बिघा जग्गामा गरिएको मौसमी र बेमौसमी तरकारी खेतीबाट घिमिरेले तरकारी बेचेर वार्षिक सरदर आठ लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ। आधुनिक तरिकाले खेती गर्न थालेपछि उत्पादन बढेसँगै आम्दानी पनि विगतको तुलनामा बढेको घिमिरेले बताउनुभयो।
कता–कताबाट ममा सुँगुर पाल्ने सोख पलायो । घरसंसारमा अनेक घरपालुवा जन्तुपन्छीहरू त थिए नै तर किनकिन अरू घरपालुवाभन्दा तुलनात्मक रूपमा भद्र, इमानदार र कर्तव्यनिष्ट सुँगुर हो भन्ने तìव बोध भयो र पालनपोषण गर्ने रुचि पलायो ।
झापाको बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत रहेको प्रकाश आयल ट्रेडर्सको पेट्रोलमा पानी मिसावट भेटिएपछि प्रहरी र नेपाल आयल निगमले तालाबन्दी गरेको छ ।
विश्व धार्मिक पर्यटनको केन्द्र रुपन्देहीको लुम्बिनीमा फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन। दैनिक रूपमा हुने फोहोरको उचित सङ्कलन र व्यवस्थापन नहुँदा लुम्बिनी परिसरमा भ्र्रमण गर्ने पर्यटकलाई समेत असहज हुने गरेको छ। वीरगन्जबाट लुम्बिनी भ्रमणमा आएका अजय कलवारले भन्नुभयो, “लुम्बिनीको मायादेवी मन्दिरमा मात्र सरसफाइ गरेर पुग्दैन, वरिपरिका सबै क्षेत्रमा सरसफाइ गर्नुपथ्र्यो तर त्यस्तो देखिएन। वरपरका धेरै ठाउँमा थुप्रिएको फोहोरको डङ्गुरले हामीलाई त असहज लाग्यो भने विदेशी पर्यटकलाई कस्तो हुन्छ होला।”
ढुङ्गैढुङ्गाले बनेका झुपुक्क घर। ढुङ्गा नै बिछ्याएर बनाइएको सफा र फराकिला बाटाघाटा। स्थानीय खानपान तथा पाहुनालाई स्वागत, सत्कार र मौका मिलेको समयमा स्थानीय कला संस्कृतिसँगको साक्षात्कार। होमस्टेका लागि प्रख्यात रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकास्थित गाउँबस्तीका विशेषता हुन् यी। मगर संस्कृति, वेशभूषा र मनोरञ्जनले यहाँको आकर्षण झन् बढाएको छ। गाउँपालिकाको माथिल्लो भेगमा पर्यटक तथा अन्य व्यक्तिका लागि खानेबस्ने सुविधा भनेकै होमस्टे हो। १४ वटा वडा रहेको पुथाउत्तरगङ्गाको माथिल्लो भेग पेल्मा, मैकोट, हुकाम, रन्मा, बाच्छीगाउँ, तकलगायत गाउँमा होमस्टेको सुविधा रहेको छ। उक्त होमस्टे पर्यटकको रोजाइमा पर्दै गएपछि होमस्टे व्यवसाय फस्टाउँदै गएको छ।
उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ । उहाँ बाघको बानी ब्यहोरा, आहारविहार र वासस्थानका बारेमा पनि जानकार हुनुहुन्छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपियाँको अनुमानित आय व्यय विवरण (बजेट) सङ्घीय संसद्मा प्रस्तुत भएको छ । सरकारबाट तय भएको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने यो बजेटमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ तीन खर्ब सात अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सं
धेरै भयो खोजिरहेको छु आफैँलाई । खोज्न खोज्छु, सकेसम्म गहिरिएर आफैँलाई । हेर्न खोज्छु, भित्रसम्म पुगेर देखिने गरी आफैँलाई । तर सफल हुन सकेको छैन अलिकति पनि । थाहा छैन कहिलेसम्म देख्न सकिन्छ होला
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आजबाट मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमण हुँदै छ । सामान्यतया नेपालका हरेक प्रधानमन्त्रीबाट नियुक्तिलगत्तै भारत भ्रमण हुने गरेको इतिहास छ तर यसपालि प्रधानमन्त्री नियुक्त हुनुभएको पाँच महिनापछि मात्रै उहाँको भारत भ्रमण सम्पन्न हुन लागेको हो । भारतीय पक्षको कुरा गर्दा झन्डै एक दशकको अवधिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार पटक नेपाल भ्रमण गर्नुभएको पाइन्छ । सन् २०१४ अगस्टमा पहिलो पटक मोदी भारतको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
सार्वजनिक संस्थान स्थापना गर्नुको मुख्य उद्देश्य आमनागरिकको जीवनयापनमा सहजीकरण गर्नु नै हो । सार्वजनिक संस्थानका उद्देश्यलाई आर्थिक, सामाजिक र राजनीतिक गरी विभिन्न क्षेत्रमा विभाजन गर्न सकिन्छ । समग्रमा अत्यावश्यक वस्तु तथा सेवा सर्वसुलभ एवं सुपथ मूल्यमा उपलब्ध गराउने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, विकासका लागि पूर्वाधारको निर्माण गर्ने, न्यायपूर्ण एवं समतामूलक राज्यको स्थापना गर्ने, आयात प्रतिस्थापन गर्ने, सार्वजनिक क्षेत्रमा नयाँ आविष्कार गर्ने, राजस्