• १२ मंसिर २०८१, बुधबार

रानाथारू समुदायबाट पहिलो विद्यावारिधि

blog

धनगढी समाचारदाता

धनगढी, जेठ १७ गते ।  नेपालका आदिवासी जनजाति रानाथारू समुदायबाट धनगढीकी डा जीवन रानाले पहिलो पटक विद्यावारिधि गर्नुभएको छ। आफ्नो समुदायबाट विद्यावारिधि गर्ने उहाँ पहिलो व्यक्ति बन्नुभएको हो। उहाँले नेपाल संस्कृत विश्वविद्यालय बेल्झुन्डी दाङबाट विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गर्नुभएको छ। रानाले ‘सोसियो कल्चरल लाइफ अफ रानाथारू’ विषयमा अङ्ग्रेजीमा शोधपत्र तयार पार्नुभएको थियो। 

कैलाली, कञ्चनपुरमा मात्रै बसोबास रहेको रानाथारू समुदायको शैक्षिक अवस्था अझै पनि सन्तोषजनक छैन। पछाडि परेको समुदायबाट आफूले विद्यावारिधि गरेपछि रानाले यसलाई ठूलो उपलब्धि भएको बताउनुभयो। नेपाली कांग्रेसको राजनीतिमा पनि क्रियाशील राना विभिन्न सामाजिक संस्थामा पनि आबद्ध रहनुभएको छ। उहाँले रानाथारू समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायतको विकासका लागि पैरवीसमेत गर्दै आउनुभएको छ।