• ४ जेठ २०८१, शुक्रबार

प्रमको भारत भ्रमणका अपेक्षा

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आजबाट मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमण हुँदै छ । सामान्यतया नेपालका हरेक प्रधानमन्त्रीबाट नियुक्तिलगत्तै भारत भ्रमण हुने गरेको इतिहास छ तर यसपालि प्रधानमन्त्री नियुक्त हुनुभएको पाँच महिनापछि मात्रै उहाँको भारत भ्रमण सम्पन्न हुन लागेको हो । भारतीय पक्षको कुरा गर्दा झन्डै एक दशकको अवधिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार पटक नेपाल भ्रमण गर्नुभएको पाइन्छ । सन् २०१४ अगस्टमा पहिलो पटक मोदी भारतको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । 

 सन् १९४७ बाट भारतसँग औपचारिक सम्बन्ध प्रारम्भ भए पनि नेपाल–भारतबिच सामाजिक, सांस्कृतिक, धार्मिक अनि व्यापारिक हिसाबले प्राचीन कालदेखि घनिष्ट सम्बन्ध रहिआएको छ । त्यसैबेलादेखि उपहारको आदान/प्रदान र भ्रमणसमेत हुन्थे । भारतबाट हामीलाई आर्थिक, सामाजिक, व्यापारिकलगायत क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त छ । भारतको स्वतन्त्रता अनि हाम्रो प्रजातन्त्र स्थापना र सबलीकरणका अभ्यासमा एकअर्काप्रति आवश्यक सहयोग पनि भएको हो । यस्तो हितकर मित्र र अगाध पारस्परिक सम्बन्ध भएको देशमा भ्रमण हुनु स्वाभाविक हो र निरन्तर रहनु पर्छ । यस्ता भ्रमण बहुआयामिकसमेत हुनु पर्छ । अनि देशको हितलगायत अन्तर्राष्ट्रिय जगत्मा पहिचानको आयाम बन्नु पर्छ ।

यो केवल छिमेकी मित्रराष्ट्रको भ्रमण मात्र होइन, संसारको सबैभन्दा ठुलो प्रजातन्त्र र एक उदीयमान सामरिक शक्तिसम्पन्न देशको भ्रमणसमेत हो । विविध आयाममा विश्व सर्वेक्षण गर्ने विख्यात पत्रिका फोब्र्सले अहिले चीनको वर्तमान राष्ट्रपति सी चीन फिनपछि क्रमशः भ्लादिमिर पुटिन, जो बाइडेन, एन्जेला मार्केल हुँदै मोदीलाई नवौँ शक्तिशाली व्यक्तिका रूपमा उल्लेख गरेको छ । संसारका शक्तिशाली मानिसको सूचीमा भारतका प्रधानमन्त्रीमा सबैभन्दा माथि पुग्ने व्यक्तिसमेत स्वयं मोदी नै हुनुहुन्छ । तसर्थ यो भ्रमण छिमेकी प्रधानमन्त्रीसँग मात्र नभई विश्वको एक शक्तिशाली व्यक्ति सम्बद्ध मुलुकको भ्रमणसमेत हो ।

 भारतीय प्रधानमन्त्री मोदीको पहिलो कार्यकाललगत्तै २०१४, जुन १५ मा भुटानबाट विदेश भ्रमण सुरु भएको थियो । त्यसयताको तथ्याङ्क हेर्ने हो भने मोदीबाट ६३ देशमा झन्डै ११५ भ्रमण भएका देखिन्छन् । उत्तिकै सङ्ख्यामा अन्य देशका उच्च पदाधिकारीलाई भारत भ्रमण गराइएको छ । अन्तर्राष्ट्रिय स्तरमा बलियो सम्बन्ध र उपस्थितिका लागि भारतले सकेको प्रयास गर्दै छ । पछिल्लो परिवर्तित विश्व अवस्थाको कारण अरू देशसँग नयाँ आयामको सम्बन्ध स्थापित गर्र्न यस्ता भ्रमण निमन्त्रणाको निरन्तरता भारतको एक रणनीतिक अभ्याससमेत हो । हामीले पनि उक्त सदासयतालाई भरपूर सदुपयोग गर्दै भ्रमणलाई देशको भलाई अनि हितकेन्द्रित बनाउन यथासम्भव प्रयास गर्नु पर्छ ।  

भलाइकेन्द्रित पक्ष 

पछिल्लो दशक चीन नयाँ आर्थिक शक्ति भएर आव्रmमक रूपमा उदायो । अब विगतमा जस्तो विश्व युद्ध नभई व्यापार युद्ध हुने भनेर विश्लेषक ‘थुसिडाइड ट्रयाप’को सम्भावना देखाउँदै छन् । सन् २०१७ मा प्रकाशित माइकल ए ग्राहामको पुस्तक ‘डेस्टाइन्ड फर वार : क्यान अमेरिका एन्ड चाइना स्केप थुसिडाइड ट्रयाप’ले समेत यस्तै प्रक्षेपण गर्छ । चीन प्रक्षेपित अति महत्वाकाङ्क्षी व्यापार योजना बिआरआई जस्तै उद्देश्यसहित असमानान्तर व्यापार प्रगतिका लागि भारतले पनि ‘एसिया–अफ्रिका ग्रोथ कोरिडोर’, 

‘नर्थ–साउथ ट्रेड कोरिडोर’ नामक उच्च महत्वाकाङ्क्षाका व्यापारिक परियोजना ल्याउँदै छ । सन् २०१६ नोभेम्बरमा भारतका प्रधानमन्त्री मोदी र जापानका तत्कालीन प्रधानमन्त्री सिनो आबेबीच कुराकानी भयो । लगत्तै विभिन्न स्तरका छलफलबाट ३० पृष्ठको अवधारणापत्र बनाइयो । चीनको ओबर समिटलगत्तै भारतको गुजरातमा अफ्रिकी विकास बैङ्कको ५२औँ वर्षगाँठ २५ मे २०१७ मा भारत र जापानका प्रधानमन्त्रीबाट एएजिसी सार्वजनिक भयो । 

एएजिसीले भारत र जापानको संयोजनामा विकासमा सबै देशको विशाल साझेदारी कल्पन्छ । आफ्नो विकासलाई बिकाउन र टिकाउन नभई सबै देशको समानान्तर समृद्धि भन्दै छ । गुणात्मक संरचना निर्माण, अन्तरसम्बन्धको विकास, क्षमता अभिवृद्धि र जनता–जनताबिच सम्बन्ध प्रवर्धन मुख्य चार उदेश्य छन् । विशेष परियोजना थालनी, कार्यालय स्थापना वा वित्तीय गतिविधि सुरु हुँदै छन् । अवधारणालाई सुदृढ बनाउँदै केही ठोस प्रोजेक्ट तत्कालै सुरु हुने भनिएको छ । जापानले परियोजना सफल पार्न उसको मुख्य नेतृत्वका एसियाली विकास बैङ्क र जापान इन्टरनेसल कोअपरेटिभ एजेन्सी (जाइकालाई) प्रयोग गर्दै छ । ती संस्थाको नियमित धनराशिबाहेक अतिरिक्त दुई सय अर्ब अमेरिकी डलर विनियोजित देखिन्छ । भारतले पनि छिट्टै नयाँ रणनीति सार्वजनिक गर्ने सुनिन्छ । समाजशास्त्री जीन बद्रिलार्डको पुस्तक ‘द सिमुलाक्रा एण्ड सिमुलेसन’ले कल्पनालाई सम्भाव्यताको आधार वा सशक्त सत्य मान्दछ । भारतले कल्पना गर्दै छ, एकदिन विश्वबजारमा उसको भव्य उपस्थिति हुने छ । 

एएजिसीले एसिया र अफ्रिकाका ७८ देश समेट्ने छ । केही एसियाली देश उच्च आर्थिक वृद्धि गर्दै बाघ अर्थतन्त्र बने । एसिया र अफ्रिकामा द्रुत विकास छ, भारत र जापानको संयुक्त परियोजनाले यी सबल आर्थिक क्षेत्रलाई रोज्दै छ । सन् २०२५ सम्ममा योजनलाई निष्कर्षमा पु-याउन ‘इन्डिया–जापान भिजन २०२५’ तयार गरिँदै छ । अमेरिका निर्देशित एसिया प्यासिफिक परियोजनासमेत यसमा मिसिँदै छ । 

मोदीको ‘मेक इन इन्डिया’ नामक ब्यानरमा करिब २५ मुख्य योजनामार्पmत भारतले समृद्धि खोज्दै छ । गाडीदेखि कपडासम्मको अत्यधिक उत्पादन गर्ने, त्यो उत्पादनका बढवाले देशमा व्यापक रोजगारी सिर्जना गर्ने अनि उत्पादित वस्तुलाई विश्व बजारमा लैजाने उद्देश्य छ । आव्रmमक व्यापार विस्तारको आकाङ्क्षामा भारतले अर्को सशक्त वाणिज्यमार्ग अनि क्षेत्र पहिल्याउँदै छ । इरान, काजगीस्थान हुँदै रुसको सेन्ट–पिटर्सबर्गसम्मलाई लक्ष्य गरेर ‘नर्थ–साउथ ट्रेड कोरिडोर’ नामक अर्को एकल योजना तयार पार्दै छ । उक्त योजनाबाट सकेको व्यापारिक फाइदा लिनु नेपालका लागि लाभदायक हुने छ । यस्ता भ्रमणबाट हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध, बजार तथा व्यापार विस्तारलाई अधिक बढाउने कोसिस गर्नु पर्छ । 

कुशल हार्दिकता

भारतसँग असमान सन्धि पुनरवलोकनको काम बाँकी छ । सिमाना विवाद छन्, व्यापार घाटा उच्च छ । यस्ता कुरामा राष्ट्रिय स्वार्थ अभिपे्ररित हुने गरी नयाँ सहमति लिने प्रयास गर्नु पर्छ । भारतीय लगानीका थुपै्र आयोजना अलपत्र छन् । पछिल्लो लगानी सम्मेलनमा घोषणा गरिएको सहयोग आइसकेको छैन । हुन त अरूको सहयोगले विकास र समृद्धि सम्भव हुँदैन तर जे प्रतिबद्धता गरिसकिएको छ त्यो ल्याएर देश तथा जनताको हितमा खर्च गर्नु पर्छ । सकेसम्म धेरै फाइदा लिन भ्रमणलाई उपयोग गर्नु पर्छ । यस भ्रमणले हामीलाई अन्तर्राष्ट्रिय सञ्चारमा स्थान दिने छ । सम्बन्ध सुधारको स्पष्ट सन्देश जाने छ, भारतप्रति नेपालको सम्मानसमेत देखिने छ । बलिया छिमेकीसँग दरिलो ओत अनि उसको माध्यम भएर अन्यसँग सघन उपस्थिति खोज्नु पर्छ । 

अन्तर्राष्ट्रिय कूटनीतिका हिसाबले पनि समुन्नत र समृद्ध नेपाल भारतको समेत एक अनिवार्य आवश्यकता हो । नेपाल र भारतबिच खुला सिमानाका कारण अस्थिर, असहज नेपाल हुँदा भारतविरोधी शक्तिले नेपालबाट खेल्न सक्छन् । त्यसैले भारतले समेत नेपालको सुरक्षा, आर्थिक, राजनीतिक तथा अन्य सबलीकरणलाई सकारात्मक सहयोग गर्नु पर्छ । हामी पनि भारतका लागि उत्तिकै महìवको रणनीतिक देश हौँ, भारतलाई सातौँ ठुलो आयतनको विप्रेषण पठाउने राष्ट्र हाैँ । हाम्रा आवश्यकता, अडान र आधार स्पष्ट पार्नु पर्छ । 

तसर्थ, संविधानको भावना अनि नागरिक आत्म–सम्मानमा तथा छिमेकी सौहार्दता र हार्दिकता समेत सबैको सन्तुलन हुने गरी यस भ्रमणले देशको अधिक भलाइलाई अझ मलजल गर्नु पर्छ । भ्रमण यसरी सम्पन्न होस् कि स्वाभिमान नझुकोस्, अभिमान नदेखियोस् । 

लेखक काठमाडौँ विश्वविद्यालयमा अध्यापक हुनुहुन्छ ।   

Author

डा अतीन्द्र दाहाल