• ८ वैशाख २०८१, शनिबार

भिन डिजेलले टिकाएको ‘फास्ट एक्स’

blog

काठमाडौँ, जेठ १७ गते । डराउनु नराम्रो कुरा होइन, किनकि डरले मान्छेलाई धेरै कुरा सिकाउँछ । हलिउड चलचित्र ‘फास्ट एक्स’ का नायक भिन डिजेलले आफ्नो किशोर छोरालाई जीवनको यो पाठ सिकाउँदै छन्, जुन पाठ छिट्टै आफ्ना लागि पनि काम लाग्ने छ भन्ने उनलाई थाहा थिएन । हलिउडको सुपरहिट फ्रेन्चाइज ‘फास्ट एन्ड फ्युरियस’ दमदार एक्सन दृश्यका लागि प्रसिद्ध छ ।

बलिउडका भन्दा हलिउडका निर्माता निर्देशकलाई निरन्तर फ्रेन्चाइज फर्मुलाले राम्रै काम गरिरहेको छ । हलिउडको दोस्रो सुपरहिट फ्रेन्चाइज हलिउड फिल्महरू जस्तै भारतमा पनि ‘फास्ट एन्ड फ्युरियस’ का लागि ठुलो क्रेज  रहेको छ । सन् २००१ मा सुरु भएको सुपरहिट फ्रेन्चाइजको दसौँ चलचित्र प्रदर्शनपछि यसको तेस्रो भागको पनि घोषणा भइसकेको छ ।

चलचित्रको कथा धेरै नै जोडदार एक्सन सिक्वेन्सबाट सुरु हुन्छ जसमा डोमिनिक टोरेटो (भिन डिजेल) ले एक डरलाग्दो आपराधिक गुन्डालाई उसको सबै सम्पत्ति लुट्ने क्रममा  मार्छन् । पृष्ठभूमिमा यसको कथा फ्रेन्चाइजीका अघिल्ला चलचित्रसँग जोडिएका छन् तर हाल डोमिनिक आफ्नी श्रीमती लेट्टी (मिसेल रोड्रिग्ज), छोरा र उनको टोलीसँग खुसीको जीवन बिताइरहेका छन् । त्यही समय एउटा डरलाग्दो शत्रु डाँटे रोयस (जेसन मोमोआ) उनको जीवनमा प्रवेश गर्छ, जसले उनलाई र उनको सम्पूर्ण परिवारलाई नष्ट पार्न चाहन्छ । वास्तवमा डान्टे मारिएका अपराधी डोमिनिकको छोरा हो । अब उसले डोमिनिकलाई पूर्ण रूपमा नष्ट गरेर आफ्नो बुवाको मृत्युको बदला लिन चाहेको हुन्छ । धेरै चलाख डाँटेले यसका लागि खतरनाक जालो बुन्छ ।  के उनी आफ्नो मिसनमा सफल हुन सक्छन् ? चलचित्रको मुख्य तुक यसैमा जोडिएको छ । 

आफ्नो एक्सन सिक्वेन्स र कार स्टन्ट दृश्यका लागि प्रसिद्ध निर्देशक लुइस लेटरियरले फ्रेन्चाइजको छैटौँ किस्तामा उत्कृष्ट कार्य प्रस्तुत गरेका छन् । प्रारम्भिक दृश्यदेखि अन्त्यसम्म चलचित्र एक्सनप्रेमीका लागि धेरै मसला छ । तर कथा र पटकथाको कुरा गर्ने हो भने धेरै ठाउँमा  कमजोरी देखिन्छन् । यति हुँदाहुँदै पनि एक्सनमय चलचित्र मन पराउनेका लागि चलचित्र निकै रोचक छ ।

चलचित्रका प्रमुख पात्र भिन डिजेल ठुलो पर्दामा सधैँ जस्तै दमदार देखिएका छन् तर यस पटक लोकप्रिय जेसन मोमोआले एक्वाम्यानका रूपमा दर्शकको मन लुट्न सफल भए भन्दा खासै फरक पर्दैन । निःसन्देह भिन डिजेल एक शानदार नायकका रूपमा प्रस्तुत भएका छन् भने यता जेसनले बलियो खलनायकका रूपमा उनीसँग जोडिन सफल भएका छन् । चलचित्रका बाँकी कलाकारले पनि राम्रो अभिनय गरेका छन् । समग्रमा एक्सन मन पराउनेका लागि मात्र नभएर अन्य दर्शकको पनि चलचित्रले अवश्य मन जित्न सक्छ ।