• १४ मंसिर २०८१, शुक्रबार

मेलम्चीको संरचना मर्मतमा ढिलाइ

blog

चित्र मिजार

सिन्धुपाल्चोक, जेठ १७ गते । हेलम्बुको भे्रमाथाङ पहाड सोरिएर आएको मेलम्ची बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको बाँध, अडिट सुरुङ, हेडवक्र्स, पुल, प्रवेश मार्ग र अन्य भौतिक संरचना पुनर्निर्माण वा मर्मतका काम अघि बढ्न सकेको छैन। 

बाढीले क्षति पु-याएको अम्बाथानस्थित खानेपानी आयोजनाको भौतिक संरचनाको काम नहुँदा काठमाडौँ उपत्यकामा पानी लैजान अवरोध सिर्जना हुने देखिएको छ।  दुई वर्षअघि असार १ गते यहाँ पहिरो आएको थियो। वर्षामा राजधानीमा पानी लैजान समस्या हुने भएको हो। आयोजनाको बाँधस्थलमा अस्थायी संरचना बनाएर सुरुङको सामान्य मर्मत गरेर अहिले पानी काठमाडौँ लगिएको छ। स्थायी रूपमा संरचना पुनर्निर्माण वा मर्मत गर्न सरकारको तयारी नै छैन। 

संरचना पुनर्निर्माण वा मर्मतबिना नै याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा झारेर राजधानीमा  पठाउँदै आइएको छ। आगामी वर्षामा बाढीले बगाउन सक्ने अवस्था छ। गत वर्ष बाढीले थुपारेको गेग्य्रान पन्छाउनेबाहेक अन्य कुनै काम भएको छैन। 

आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सडक विभागसँग पुनर्निर्माण गर्ने सम्झौता भएर ८० करोड रुपियाँ स्रोत सुनिश्चित गरी काम अगाडि बढ्ने भन्ने थियो तर अहिले आएर पुनर्निर्माण र मर्मतको काम छायाँमा परेको उहाँले जानकारी दिनुभयो। अहिले बाढीले क्षति पु-याएको आयोजनाको पुनर्निर्माणको काम कसरी अगाडि बढाउने भन्नेमा अन्योल भएको आयोजनाले जनाएको छ। चाइना रेलवे, सिएमसी २५ र सिनो हाइड्रोले मेलम्ची खानेपानी मर्मतको जिम्मा पाएका थिए।