• १ असोज २०८१, मङ्गलबार

श्रीलङ्काले मेको अन्त्यबाट साप्ताहिक इन्धन कोटा बढाउने

blog

कोलम्बो, जेठ १५ गते । श्रीलङ्काका साप्ताहिक रूपमा प्रदान गर्दै आएको  इन्धन कोटा बढाउने भएको छ । ऊर्जा मन्त्री कञ्चना विजेसेकराले बढेको नयाँ इन्धन कोटा मे ३० मध्यरातबाट उपलब्ध हुने बताउनुभएको छ ।

नयाँ योजनाअन्तर्गत तीन पाङ्ग्रे सवारीहरूले प्रति हप्ता २२ लिटर (१५ लिटर बाट माथि) सम्मको इन्धन किन्न सक्नेछन् भने मोटरसाइकलले १४ लिटर (७ लिटरबाट माथि) किन्न सक्नेछन् ।

यसैगरी, बसहरूले  १२५ लिटर (६० लिटरबाट माथि), कार ४० लिटर (३० लिटरबाट माथि), र अन्य भूमिगत सवारीहरूले ४५ लिटर (२५ लिटरबाट माथि) किन्न सक्नेछन् । यसैबीच लरीहरूले १२५ लिटर (७५ लिटरबाट माथि) किन्न सक्नेछन् भने क्वाड्रिसाइकलहरूले १४ लिटर (६ लिटरबाट माथि) किन्न सक्नेछन् । विदेशी मुद्रा सञ्चिति अभावका कारण इन्धनको अभाव भएपछि श्रीलङ्काले सन् २०२२ को मध्यदेखि इन्धन खपतमा मितव्ययिता अपनाउँदै आएको छ ।  रासस/सिन्ह्वा