जनता समाजवादी पार्टी (जसपा) नेपाल, महोत्तरीले पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको आरोपमा दुई पालिकाका प्रमुख, एक पालिकाका उपप्रमुखसहित १५ जना जनप्रतिनिधि तथा नेताहरूलाई पार्टीबाट निष्कासन गरेको जनाएको छ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित विभिन्न राजनीतिक दलका उम्मेदवारले कर्णाली प्राविधिक शिक्षालयलाई विश्वविद्यालय बनाउने सङ्कल्प सार्वजनिक गरेका छन् । चुनावी माहोल बढेसँगै दलहरूले वाचापत्र, प्रतिज्ञापत्र र सङ्कल्पपत्रमार्फत शिक्षालयको स्तरोन्नतिको एजेन्डा अघि सारेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार बालेन्द्र शाहले आफ्नो विस्तृत ‘वाचापत्र’ सार्वजनिक गर्दै सं
बागलुङमा इजाजत प्राप्त हतियार बुझाउन हतियार धनिहरुले अटेरी गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित जिल्ला प्रशासनको आग्रहपछि बागलुङमा ५९ जनाले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन् ।
दार्चुलाबाट यसअघि नेपाल सरकारका मन्त्री तथा प्रतिनिधि सभा र संविधान सभा सदस्य भएकासँग नयाँ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाल सरकारका मन्त्री तथा प्रतिनिधि सभा र संविधान सभा सदस्य भएका पुराना उम्मेदवारलाई चुनौती दिँदै चुनावी मैदानमा छन् ।
ऐतिहासिक जेनजी आन्दोलनपछि हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मताधिकार प्रयोग गर्न परदेसिएका कामदार स्वदेश फर्किन थालेका छन् । पर्याप्त रोजगारीको अवसर नहुँदा सुदूरपश्चिम प्रदेशबाट ठुलो सङ्ख्यामा मजदुरी गर्न भारत जाने बाध्यता छ । रोजगारीको सिलसिलामा त्यसतर्फ गएकाहरू निर्वाचनमा मताधिकार प्रयोग गर्न गौरीफन्टा नाका भएर फर्किरहेका छन् ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहति गुल्मीमा संयुक्त सुरक्षा गस्तीलाई तीव्र पारिएको छ।
जिल्लामा अघिल्लो हप्ताबाट सुरु भएको मतदाता शिक्षा कार्यक्रम गाउँ गाउँमा प्रभावकारी बन्दै गएको छ । निर्वाचनमा मत बदर हुन सक्ने सम्भावना भएकाले स्वयंसेवकले मतदाता शिक्षालाई प्रभावकारी रूपमा सञ्चालन गरिरहेका छन् ।
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडामा सडकबाट तल खस्दा तनहुँका पाँच जनासहित १९ जनाको मृत्यु भएको घटनाले जिल्लाभर शोक छाएको छ । सोमबार बिहान करिब १ः३० बजे ग २ ख १४२१ नम्बरको बस दुर्घटनामा परेको थियो ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुरबाट उम्मेदवार बनेका २२ उम्मेदवारले नयाँ बैङ्क खाता सञ्चालनमा ल्याएका छैनन् । फागुन ३ गतेसम्म बैङ्क खाता सञ्चालन गरेर प्रचारप्रसार गर्न निर्वाचन आयोगले आग्रह गरे पनि ५५ उम्मेदवारमध्ये यहाँका २२ उम्मेदवारले नयाँ खाता सञ्चालन नै नगरेको पाइएको हो ।
काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मिलनचोक निवासी ७१ वर्षीय शान्तिमाया तामाङले मतदान गर्न थालेको तीन दशकभन्दा बढी भयो । खेती हुने कपनमा बस्ती विस्तार भयो । अव्यवस्थित सहरीकरणले खोला मिचिए । उहाँ पछिल्ला १५ वर्षदेखि वर्षामा बाढीको प्रताडना र हिउँदमा धुलो र दुर्गन्धसँग जुधिरहनुभएको छ ।
गजेन्द्र नारायण सिंह अस्पताल मा उपचारका क्रममा छिन्नमस्ता गाउँपालिका–५ की २३ वर्षीया सुजान देवी सदाको सुत्केरी गराउने क्रममा चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै परिवार र आफन्तले आइतबारदेखि थालेको आन्दोलन अस्पताल प्रशासन र मृतक परिवारबीच सहमति भएपछि स्थगित भएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन गुल्मी–१ मा रोचक र प्रतिस्पर्धा देखिएको छ । राष्ट्रियस्तरमै चर्चा भएका उम्मेदवार र पार्टीमा समेत पकड जमाएका उम्मेदवार यस क्षेत्रमा भएकाले यहाँको प्रतिस्पर्धा रोचक बनेको हो ।
आगामी २१ मा हुने प्रतिनिधि सभा निर्वाचनले पूर्वपश्चिम राजमार्ग विस्तारको काम प्रभावित हुने भएको छ । एसियाली विकास बैङ्कको सहयोगमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग निर्माणको काम यतिबेला
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा