आगामी फागुन २१ को निर्वाचनका लागि इलाममा पत्रकारलाई निर्वाचन आचारसंहिता सम्बन्धी तालिम दिइएको छ ।
पाँचथर सदरमुकाम फिदिमदेखि भारतको वेस्ट बङ्गालसम्म सडक सञ्जाललाई जोड्ने फिदिम–फालोट सडक खण्डमा अवस्थित फेमे खोलामा बेलिब्रिज जडान कार्य शुरु भएको छ ।
गत भदौ अन्तिम साताको जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको ‘म्यान्डेट’ नै प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने र निर्वाचित सरकारलाई वैधानिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने हो ।
सुनसरीमा एकपछि अर्को स्थानबाट लागु औषध बरामद हुने क्रम जारी रहेको छ ।
सप्तरीको राजविराज नगरपालिकामा मङ्गलबार एक युवाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीले नेता किम जोङ उनका सबैभन्दा विश्वासपात्र मानिने बहिनी किम यो जोङलाई शीर्ष केन्द्रीय समितिभित्र विभाग निर्देशकको जिम्मेवारीमा पदोन्नति गरेको सरकारी सञ्चार माध्यमले जनाएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५,साङ्ता गाउँ जोड्ने सडकमा विगत दुई महिनादेखि जमेको हिउँ फुटाउन मङ्गलबारदेखि डोजर प्रयोग गरिएको छ ।
नागरिक उन्मुक्ति पार्टी नेपालको कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको छ ।
प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने लक्ष्यका साथ आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । यही फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको उन्नयन गर्दै सबल बनाउने योजना अगाडि सारेका हुन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को ३८ औँ स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
जङ्गली हात्तीको आक्रमणबाट घाइते झापा बाह्रदशीकी महिलाको मृत्यु भएको छ । सोमबार राति १ बजे बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बाह्रदशी १ बोक्राझारी बस्ने ५० वर्षीया लिला राजवंशीको मृत्यु भएको हो ।
मकवानपुरको बागमती गाउँपालिका–८, तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बाजुराकी २२ वर्षीया महिला कविता सार्की भारतमा बेपत्ता हुनुभएको छ। उहाँ जिल्ला त्रिवेणी नगरपालिका–८, झालगाउँकी बासिन्दा हुनुहुन्छ। उहाँका आफन्तका अनुसार कविता भारतको सुवास नगरबाट हराउनुभएको हो।
गरिबी न्यूनीकरणमा चिनियाँ राष्ट्रपति सि जिनपिङले लिनुभएको आर्थिक विचारका विषयमा नेपालमा संवाद कार्यक्रम आयोजना गरिएको छ ।
आज स्थानीय बजारमा सोमबारको तुलनामा सुनको मूल्य रु एक हजार ३०० ले बढेको छ भने चाँदीको मूल्य रु १० ले घटेको छ ।