शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अनिल पराजुली
हेटौँडा, फागुन १२ गते । मकवानपुरको बागमती गाउँपालिका–८, तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सोमबार राति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक मकवानपुर बकैया गाउँपालिका–८, बस्तिपुर बस्ने ४० वर्षीय प्रेमबहादुर गोलेको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएका गोलेको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो ।
फापरबारीबाट हात्तिसुडे तर्फ जाँदै गरेको प्र.३–०२–००५ प. १००८ नम्बरको मोटरसाइकल नालामा खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरले जनाएको छ ।