• १२ फागुन २०८२, मङ्गलबार

बाजुराकी कविता भारतमा बेपत्ता

blog

भारतको सुवास नगरबाट बेपत्ता भएको कविता सार्की। तस्बिरः शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, फागुन १२ गते ।
बाजुराकी २२ वर्षीया महिला कविता सार्की भारतमा बेपत्ता हुनुभएको छ। उहाँ जिल्ला त्रिवेणी नगरपालिका–८, झालगाउँकी बासिन्दा हुनुहुन्छ। उहाँका आफन्तका अनुसार कविता भारतको सुवास नगरबाट हराउनुभएको हो। 
कविताका पिता धर्म सार्कीले जानकारी दिनुभयो, “छोरी हराएको १२ दिन भइसकेको छ। धेरै ठाउँमा खोजी गरिसक्यौं, तर अहिलेसम्म कतै फेला परेकी छैन। केही महिना अघि छोरीको छिमेकी जिल्ला बझाङको खप्तड छान्ना गाउँपालिका–पाटादेवल का सनु सार्कीसँग विवाह भएको थियो। अहिले मेरी छोरी त्यसैको हातबाट बेपत्ता भएकी हो।”

धर्म सार्कीले थप भन्नुभयो, “भारतका विभिन्न ठाउँमा खोजी गर्दा पनि कुनै सुराग पाएका छैनौं। मेरी छोरीलाई विवाह गरेर लिने सनु सार्की र उनकी आमा सुनिता सार्की लाई सोध्दा पनि ‘हामीलाई थाहा छैन’ भन्ने जवाफ दिइरहेका छन्।”

कामको सिलसिलामा रोजगारीका लागि भारतमा पुगेकी कविता हराएपछि उहाँका बुवा धर्म सार्की निकै दुखित हुनुभएको छ। धर्म सार्कीकी श्रीमती एक वर्ष अघि नै निधन भइसकेको थियो। कविता एक्लै आश्रित हुनुभएको एक मात्र छोरी हुनुहुन्छ।

धर्म सार्कीका अनुसार, “छोरीलाई उचारको लागि भारतमा लिएर गएको थिएँ। उपचार सकेर बझाङ्गका सनु सार्कीसँग विवाह गराइदिएको थिएँ। अहिले त्यही सनु सार्कीले मेरी छोरी बेपत्ता पारेर नेपालमा ल्याएको भन्ने कुरा सुनेको छु। तर छोरी अहिले न भारतमा छ, न नेपालमा।” उहाँले छोरीको खोजीमा सबैको सहयोगको अपिल समेत गर्नुभयो।