पाकिस्तानको जेलमा रहनुभएका पूर्वप्रधानमन्त्री इमरान खानको मङ्गलबार इस्लामाबादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिम्स) मा आँखाको उपचार गरिएको अस्पतालले जनाएको छ ।
जगत सुन्दर ब्वनेकुथिको ३६ औं स्थापना दिवस मंगलबार मनाइएको छ ।
चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।अनुदानस्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
दाङ क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले समग्र क्षेत्रको दीर्घकालीन विकासलाई केन्द्रमा राख्दै आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको छ।
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ ले प्रतिनिधिसभा निर्वाचनका लागि ‘सङ्कल्प पत्र (भिजन सेवन)’ सार्वजनिक गरेको छ ।
सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
लामो समयपछि इलामको उत्तरी क्षेत्रमा वर्षा भएको छ । गएको कात्तिक पहिलो साता यता वर्षा नभएको इलाममा बाक्लो असिना असिना सहित वर्षा भएको हो ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले एकपटक फेरी सङ्घियता समाप्त पार्ने षडयन्त्र भइरहेको बताउनुभएको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सल्यानमा तयारी तीव्र पारिएको छ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेन विरुद्धको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्धलाई ‘रूसका लागि सैन्य, आर्थिक र रणनीतिक रूपमा तीन गुणा असफलता’ भन्नुभएको छ ।
नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) सुनसरी च्याप्टरको आयोजनामा फाइल तस्बिर ‘एनवाईईएफ एमेच्योर गल्फ प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ ।
सन् २०२६ को फिफा विश्वकपका खेल आयोजना गर्ने तयारीमा रहेको मेक्सिकोमा शक्तिशाली लागु औषध गिरोह विरुद्धको सैन्य कारबाहीपछि भड्किएको हिंसाले पर्यटन क्षेत्र चिन्तित बनेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा चर्च ब्वाइजले आर्मीलाई २–१ गोलले हरायो ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा सिरिज–२०२६ अन्तर्गत थाइल्यान्डमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज खेल्ने भएको छ ।
बाँकेमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल तथा कार्यगत एकता गर्ने सहमति भएको छ ।