• १२ फागुन २०८२, मङ्गलबार

धरानमा ‘एनवाईईएफ एमेच्योर गल्फ’ प्रतियोगिता

blog

फाइल तस्बिर ।

निशा राई

धरान, फागुन १२ गते । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) सुनसरी च्याप्टरको आयोजनामा फाइल तस्बिर ‘एनवाईईएफ एमेच्योर गल्फ प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ ।

धरान उपमहानगरपालिका स्थित गल्फ कोर्समा यही फागुन १६ गते ६० जना भन्दाबढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागितामा एक दिने प्रतियोगिता हुने भएको हो । 

प्रतियोगितामा १५० भन्दाबढी उद्यमी, व्यवसायी तथा पेशाकर्मीहरूको उपस्थितिले प्रतियोगितालाई खेलकुदसँगै उच्चस्तरीय व्यवसायिक नेटवर्किङ मञ्चका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको आयोजक एनवाईईएफ सुनसरीका अध्यक्ष राजीव घिमिरेल बताउनुभयो । 

प्रतियोगिताको मुख्य उद्देश्य खेलभावना प्रवद्र्धन गर्नुका साथै युवा उद्यमीहरूबीच सहकार्य, नेतृत्व विकास तथा सम्बन्ध विस्तार गर्नुरहेको उहाँले जानकारी दिनुभयो ।

यस प्रतियोगिताले धरानलाई राष्ट्रियस्तरको खेलकुद तथा व्यवसायिक नेटवर्किङ कार्यक्रमहरूको गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास रहेको छ ।

एसजी ग्रुप सह–प्रवद्र्धक रहेको प्रतियोगिताको सञ्चालनमा लाग्ने खर्चको केही अंश स्थानीय युवा प्रतिभालाई प्रोत्साहन गर्न र धरानका जुनियर गल्फ खेलाडीहरूको प्रवद्र्धन तथा क्षमता अभिवृद्धिका लागि खर्च गर्ने तयारी रहेको छ । 

एनवाईईएफ सुनसरीको आयोजनामा हुने प्रतियोगितालाई एनवाईईएफ राष्ट्रिय गभर्निग काउन्सिलले आधिकारिक रूपमा अनुमोदित गरिसकेको आयोजक जनाएको छ ।