नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ६२ अङ्कले बढेर दुई हजार ६३८ दशमलव ६० को बिन्दुमा कायम भएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले आज साँझसम्म उपत्यकालगायत, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।
म्यान्माको नयाँ संसद आगामी मार्च १६ मा पहिलो सत्र बोलाउने भएको छ । यो सन् २०२१ मा सेनाले आङ सान सुकीको नेतृत्वमा रहेको निर्वाचित सरकारको सत्ता कब्जा गरेपछि पाँच वर्षभन्दा बढीमा हुने पहिलो बैठक हुने छ ।
संयुक्त राष्ट्र सङ्घ मानवअधिकार परिषदको विश्वव्यापी आवधिक समीक्षा (युपिआर) चौथो चक्रमा नेपालले बुझाएको प्रतिवेदनमा विभिन्न देशले महत्वपूर्ण सुझाव दिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई प्रशिक्षण दिइएको छ ।
नेपाली कांग्रेस कालीकोटका नेता जन्मप्रसाद न्यौपानेको मङ्गलबार कर्णाली नदीमा अन्त्येष्टि गरिएको छ ।
उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–१ धो मा जाँदै गरेको नेपाली सेनाको टोली । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न नेपाली सेनाको टोली दुनैबाट त्यहाँ पुगेको हो ।
मुम्बईस्थित वनखेडे मैदानमा सोमबार राति भएको खेलमा वेस्ट इन्डिजले जिम्बाबेलाई एक सय सात रनले हरायो । यस जितले समूहमा साविक विजेता भारतलाई गाह्रो पर्ने देखिएको छ ।
न्युजिल्यान्डको दुर्लभ उड्न नसक्ने सुगा, काकापो, यस वर्ष फलफूलको धेरै राम्रो उत्पादन भएका कारण प्रजनन (बच्चा जन्माउने) कार्यमा उत्साहित भएको छ ।
इरानी सेनाको वायु सेनाको हेलिकाेप्टर मङ्गलबार मध्य प्रान्त इस्फहानको फलफूल बजारमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको सरकारी मिडियाले जनाएको छ ।
यहाँको ठमेलस्थित छाया सेन्टरमा चित्रकार सङ्गी श्रेष्ठको ‘अन्तरदृष्टि’ शीर्षकमा एकल चित्रकला प्रर्दशनी भइरहेको छ ।
कीर्तिपुर नगरपालिका-६, चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको छ ।
नइ एकेडेमीले चार जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।
सर्वोच्च अदालतले विश्वव्यापी कर सम्बन्धी पुरानो निर्णय खारेज गरिदिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीति पुनर्संरचना गर्दै आयातित वस्तुमा नयाँ अमेरिकी कर मङ्गलबारदेखि लागु गराउनु भएको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म एक हजार २१३ जना उम्मेदवारले मात्र बैङ्क खाता खोलेको निर्वाचन आयोगले जनाएको छ।