पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको भङ्गाहा नगरपालिका–७ कञ्चनवनमा होली खेलेसँगै मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत रुपमा सुरु भएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रतिनिधिसभा निर्वाचनमा मत हाल्ने दिन नौ दिन मात्रै बाँकी रहाँदा सल्यानमा चुनावी सरगर्मी बढ्दै गएको छ । जिल्लामा कुल १४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् भने एक लाख ६२ हजार ४४९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन् ।
प्रधानमन्त्री सुशिला कार्कीले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा दृढ रहने प्रतिबद्ध गर्नुभएकाे छ । जेनेभामा आयोजित मानव अधिकार परिषद्को ६१ औँ नियमित सत्रमा नेपाली प्रतिनिधिमण्डलको प्रमुखको रुपमा भिडियो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले नेपालले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे।
पात्रहरूः १. सिद्धार्थ, २. देवदत्त, ३. शुद्धोदन, ४. मायादेवी, ५. गुरुआमा, ६. राजपुरोहित, ७. सेवक, ९. छन्दक, १०. घोडा, ११. मान्छेहरू, १२. बिरामी मान्छे, १३. वृद्ध मान्छे, १४. सिकारी, १५. शिष्यहरू, १६. मूर्ख मान्छे, १७. आमा, १८. अङ्गुलीमाल, २०. हाँस, २१. कोरसहरू, २२. सेनाहरू, २३. मार, २४. तीन छोरी
गत २०७९ सालको संसदीय निर्वाचनमा सबै उम्मेदवारको चुनावी एजेन्डा बलेवा विमानस्थललाई सञ्चालन गर्ने कुरा बनेको थियो । २०७४ ताका केही समय कच्ची धावनमार्गमै विमानले उडान भरेका थिए । २०७८ मा विमानस्थलको टर्मिनल भवन पुनर्निर्माण, धावनमार्ग कालोपत्रे गर्नुका साथै त्यसको सुरक्षार्थ काँडेतार लगाएपछि एक पटक जहाजले उडान भरेका छैनन् ।
धनकुटामा शहरी विकास तथा भवन निर्माण कार्यालय पूर्वाधार विकास कार्यालयमा गाभिएपछि निर्माणाधीन ११ वटा सरकारी भवनको काम अलपत्र परेको छ । ठेक्का लागेर निर्माण सुरु भएका ती भवनको काम पूरा नहुँदै कार्यान्वयन गर्ने कार्यालयको संरचना परिवर्तन भएपछि निर्माणकार्य अन्योलमा परेको हो ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै छ । देशभर निर्वाचन प्रचारप्रसारको तापक्रम बढेको छ । निर्वाचन आयोगले पनि आफ्नो तयारी तीव्र बनाएको छ । निर्वाचन सामग्रीको खरिद, ढुवानी, आचारसंहिता उल्लङ्घन, पर्यवेक्षणलगायतका विषयमा आयोगले गरेका तयारीबारे गोरखापत्रका लागि नारद गौतम र भउचप्रसाद यादवले गर्नुभएको कुराकानी :
गोरखापत्र दैनिकले १२५ वर्ष पूरा गरी १२६ वर्षको खुडकिलो टेक्नै लाग्दा हामी डिजिटल प्रकाशनको चौथो वार्षिकोत्सव मनाइरहेका छौंं । यत्ति लामो इतिहास बोकेको गोरखापत्रको डिजिटल प्रकाशनमा भने २०६९ मंसिरदेखि गोरखापत्र अनलाइन डट कम डोमेनमा व्यवस्थित ढङ्गले समाचार प्रकाशन सुरु भएको हो ।
चुनावमा सधैँ प्राथमिकतामा पर्ने सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजना यस पटकको चुनावमा पनि दलको मुख्य एजेन्डामा परेको छ । राष्ट्रिय प्राथमिकताको आयोजना घोषणा गरेर निर्माण गर्न थालिएको यो सडक १७ वर्ष पुग्दा ३८ प्रतिशत मात्रै काम भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये हालसम्म ३० उम्मेदवारले मात्रै निर्वाचन खर्च परियोजनका लागि बैङ्क खाता खोलेका छन् ।
आफ्नै ठाउँमा स्वरोजगार सृजना गर्दै पुख्र्यौली पेसाको संरक्षणमा युवा पुस्ता सक्रिय हुन थालेका छन् । विदेशिने लहर बढिरहेका बेला भोजपुर नगरपालिका–५ बोखिमका ज्ञानेन्द्र विश्वकर्मा भने गाउँमै बसेर खुकुरी बनाउने कालिगड पेसामा जुट्नुभएको छ ।
नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी 'साम्बा'लाई उपचारका लागि पाँच लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–१, लालीगाउँकी पुल्तिसरा जैसी सिमकोट विमानस्थल गेटमा लाइनमा उभिरहनुभएको थियो । अनुदानको नुन किन्न उहाँ खार्पुनाथ गाउँपालिका–१ को देउखुरी गाउँबाट एक दिन पैदल हिँडेर सदरमुकाम सिमकोट आउनुभएको हो । दिनभरि पैदल हिँडेर आएकी उहाँलाई आठ प्याकेट नुन लिएर फिर्ता हुन थप एक दिन नै लाग्छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा घरदैलो अभियानमा व्यस्त उम्मेदवारले विभिन्न आश्वासन बाँडिरहेका छन् तर कृषकको जीवनस्तर उकास्ने ठोस नीति तथा कार्यव्रmमलाई चुनावी