समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
कालोपत्रे कार्य सञ्चालनका कारण भिमाद–मसारडाँडा सडक खण्ड आठ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ । भिमाद नगरपालिकाले जारी गरेको सूचनाअनुसार सिद्ध गुफाअन्तर्गत केउलेदेखि मसारडाँडा जाने चौकसम्मको खण्ड मिति फागुन ११ देखि फागुन १८ गतेसम्म बन्द रहनेछ ।
बैतडीमा फेरि एक जना निर्वाचनका लागि भर्ना भएका प्रहरीको मृत्यु भएको छ । यससँगै जिल्लामा निर्वाचन प्रयोजनका लागि खटिएका प्रहरीको मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भरतपुर र माडीको बीचमा नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज अवस्थित छ । बाघ, गैँडा, हात्ती, घडियाल गोहीलगायत लोपोन्मुख वन्यजन्तुको मुख्य बासस्थान यही निकुञ्ज हो ।
निर्वाचनलाई लक्षित गर्दै सप्तरीका अति संवेदनशील तथा आइसोलेट मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी चुनावी तयारीमा व्यस्त बनेको छ । लोकतन्त्रको महोत्सवलाई निष्पक्ष र व्यवस्थित बनाउन यहाँ एक हजार दुई सय ८८ जना कर्मचारी खटाइने भएका छन् ।
तत्कालिन अवस्थामा कच्ची सडक समेत कम थिए । बल्लतल्ल खुलेका सडक पनि राम्रो थिएनन् । लगभग सबै सडक वर्षातमा अवरुद्ध हुन्थे ।
निर्वाचन नजिकिँदै गएसँगै उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्न व्यस्त छन् । यसैबिच स्वर्गद्वारी गुठीपीडित मोही किसानले उम्मेदवारहरूसँग आफ्ना दीर्घकालीन समस्यालाई चुनावी एजेन्डाको रूपमा अघि सारेका छन् ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्न जिलाका मतदातामा छुट्टै उत्साह देखिन्छ भने मत परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारले विभिन्न रणनीति अपनाएका छन् ।
नेपाल हिमाली र पहाडी भूबनोटले बनेको मुलुक हो । उचाइ र स्थानको अवस्थिति अनुरूप विविध हावापानी पाइन्छ । यसले जैविक विविधतालाई व्यापक बनाएको छ । जैविक विविधताले भरिपूर्ण नेपालको सबैभन्दा ठुलो सम्पत्ति भनेको नै बहुमूल्य आयुर्वेदिक जडीबुटी हो । अनेक जडीबुटी सुगन्धित छन् र त्यस्ता वनस्पतिको भण्डार पनि हो, नेपाल । नेपालको वनस्पति संसारभर प्रसिद्ध नै छन् ।
पवित्र देवभूमि नेपाल लामो र जटिल राजनीतिक परिवर्तनको यात्राबाट गुज्रिरहेको छ । राणाकालीन निरङ्कुश शासनको अन्त्यसँगै प्रजातन्त्रको उदयले जनतालाई स्वतन्त्रता, अधिकार र समृद्धिको
नेपालमा प्राविधिक शिक्षाको विकासका लागि संस्थागत रूपमा पहल गरिएको तीन दशकभन्दा धेरै भइसकेको छ । २०४५ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीको स्थापनासँगै औपचारिक रूपमा प्राविधिक शिक्षाको सूत्रपात भएको हो । योभन्दा अघि पनि प्राविधिक शिक्षाको विकासका लागि केही प्रयास भए तर त्यो सार्थक हुन सकिरहेको थिएन
ललितकला क्याम्पसमा स्नातक अध्ययनकै बेलाका साथी हुनुहुन्छ, आर्या राजभण्डारी, चाँदनी बज्राचार्य र रेनुका महर्जन । त्यतिबेलै अर्थात् सन् २००२ मा कलाका तीन विद्यार्थीले थाल्नुभएको हो, पेटल्स शीर्षकको कला प्रदर्शनी ।
फागुन १५ गते मगर दिवसका दिन गुल्मीका दुई स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकाले सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जनाएका छन् ।