अस्पतालले जेनजी आन्दोलनका क्रममा घाइते भएकाको विवरण अझै बुझाउन सकेका छैनन् ।
स्वास्थ्य बिमा बोर्डले सेवाप्रदायक अस्पताल (संस्था) लाई एक अर्ब रुपियाँ वितरण गर्ने भएको छ । १० अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी रहेको बिमा बोर्डले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न कार्यक्रमबाट बजेट रकमान्तर गरेको ७५ करोड नौ लाख १२ हजार रुपियाँसहित एक अर्ब रुपियाँ बाँड्न लागेको हो । बिमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण पौडेलले मन्त्रालयले चालु आर्थिक वर्षका कार्यक्रमलाई कटौती गरेर रकम उपलब्ध गराएको जानकारी दिँदै त्यही रकम बाँड्न लागिएको जानकारी दिनुभयो । “अलि अलि भए पनि टालटुल गरेर रकम बाँड्ने तयारीमा छौँ,” पौडेलले भन्नुभयो, “कुन अस्पताललाई कति वितरण गर्ने भन्ने निश्चित छैन ।”
नेपालमा विगत पाँच वर्षमा सडक दुर्घटनाका कारण १४ हजारभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा सडक दुर्घटनामा १४ हजार २१४ जनाको सवारी दुर्घटनाबाट ज्यान गएको हो । एक लाख ७१ हजार ९५२ जना घाइते भएका छन् । दुर्घटनाबाट हुने भौतिक क्षतिको कुनै लेखाजोखा छैन ।
विभिन्न माग राख्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका आवासीय (रेजिडेन्ट) चिकित्सक आन्दोलित भएका छन् । एक घण्टा धर्ना दिएर उनीहरूले आन्दोलन सुरु गरेका हुन् । न्याम्स र रेजिडेन्ट एसोसिएसन अफ न्याम्स (¥यान) बिच पाँच महिनाअघि भएको सहमति कार्यान्वयन नभएपछि चिकित्सक आन्दोलनमा उत्रिएका हुन् ।
काठमाडौँ महानगरपालिकाले महानगरका १० वटा वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम सुनिश्चित गरेको छ । त्यसै गरी महानगरका आठ वटा वडाभित्रका स्थानको प्राचीन र मौलिक नाम सुनिश्चित गर्न अध्ययन भइरहेको महानगरले जनाएको छ ।
प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारमा स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा बालबालिकासमेत प्रयोग भएको पाइएको छ । यी सबै कार्यलाई प्रचलित कानुनले वर्जित गरेको बताउँदै निर्वाचन आयोगले यस्तो कार्य रोक्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । आफ्नो निर्देशनलाई बेवास्ता गर्दै यस्ता कार्य जारी राखेमा कानुन अनुसार कारबाही गर्ने चेतावनी आयोगले दिएको छ ।
नेकपा (एमाले) दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै फर्किनुभएको छ । नेतृ कल्पना भण्डारी, भीमेश्वर नगरपालिकाकी पूर्वउपमेयर शान्त बस्नेतसहितका जिल्लाका प्रभावशाली नेता, कार्यकर्तासहित उहाँ सोमबार एमालेमा फर्किनुभएको हो ।
नेकपा (एमाले) का अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का उम्मेदवार केपी शर्मा ओलीले यो देशलाई सम्हाल्न सक्ने शक्ति नेकपा (एमाले) मात्र रहेको बताउनुभएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने दमकमा आज नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमिटीको घोषणा सभामा उहाँले आगामी चुनावपछि एमालेलेनै देश सम्हाल्ने बताउनुभयो ।
नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्नु भएको छ ।
प्रतिनिाधिसभा सदस्य निर्वाचन २०८२ का लागि म्याग्दीमा खटिने निर्वाचन अधिकृतहरुका लागि तालिम सुरुभएको छ ।
सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल बनाउन २० हजार ८२२ जना प्रहरी जनशक्ति खटिरहेका छन् ।
सल्यान बाफुखोला क्षेत्रमा पाँचसय ५० बढी घर धुरीका किसान व्यवसायिक आलु खेतीमा संलग्न छन् ।
बाँकेको कोहलपुरमा गत फागुन ७ गतेदेखि सुरु भएको “प्रथम कोहलपुर बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८२”को च्याम्पियन ब्राइटलाइट एकेडेमी कोहलपुर बनेको छ ।
प्रेस काउन्सिल नेपालले निर्वाचनका बेला सत्य तथ्य, सन्तुलित, मर्यादित समाचार पस्केर नागरिकलाई सुसुचित गर्न आग्रह गरेको छ । पछिल्लो समय केही सञ्चार माध्यमहरुमा निर्वाचन परिणामसम्बन्धी विभिन्न विश्लेषण आइरहेका बेला काउन्सिलले सो आग्रह गरेको जनाएको छ ।
आइतबारदेखि वीरगन्जमा दुई फरक धर्म समुदायबिचको उत्पन्न तनाव साम्य पार्न जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार बसेको सर्वपक्षीय बैठकले तीन बुँदे निर्णय गरेको छ ।