सातदोवाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा जावलाखेलले पुलिसलाई ३–० गोलले हरायो ।
शारीरिक रूपमा अपाङ्गता भएर पनि सङ्घर्ष, साहस र असम्भवलाई सम्भव बनाउँदै प्रेरणाको स्रोत बन्नुभएको छ, शिक्षक धनेश्वर डाँगी ।
ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको दक्षिण कोरियाको राजकीय भ्रमणको क्रममा लुला र दक्षिण कोरियाली नेता ली जे म्युङले सियोलमा कृषिदेखि व्यापारिक सहयोगसम्म समेट्ने गरी बहुआयामिक सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनलाई उत्तेजना, आवेग र घृणाको मैदान नबनाउन आग्रह गर्नु भएको छ ।
मोफसलकै चर्चित जीएम कप भलिबल प्रतियोगिता आगामी फागुन २८ गतेदेखि सञ्चालन हुने भएको छ ।
पाकिस्तान र बङ्गलादेशबिच १४ वर्षपछि प्रत्यक्ष उडान पुनः सुरु भएसँगै कराचीका हजारौँ बङ्गाली मूलका बासिन्दामा पारिवारिक पुनर्मिलनको आशा जागेको छ । दशकौँदेखि राजनीतिक तनाव र कागजी जटिलताका कारण छुट्टिएका परिवार फेरि भेटिने सम्भावनाले उनीहरू भावुक बनेका छन् ।
आउँदो फागुन २१ को निर्वाचनलाई लक्षित गरि जिल्ला निर्वाचन कार्यालय इलामले सञ्चारकर्मीहरुसँग निर्वाचन आचारसंहिता विषयक छलफल गरेको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–५ लाक्लुङ गाउँ नजिकै रहेको ‘ढेचो’ डाँडाबाट सोमबार बिहान कैद गरिएको धौलागिरि हिमाल र आसपासका क्षेत्र ।
बेलायतको प्रतिष्ठित नेपाली क्रिकेट प्रतियोगिता ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) को मुख्य प्रायोजक शैक्षिक परामर्श संस्था ‘ब्रिज इन्टरनेशनल’ बनेको छ ।
दुर्घटनाग्रस्त ग.२ ख. १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ ।
हुम्लाको सिमकोट गाउँपालिका-७, डाडाँफायाँमा एक जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएकाे छ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सल्यानका सबै मतदान केन्द्रको स्थलगत अनुगमन सम्पन्न गरिएको छ। कपुरकोट गाउँपालिकाका १० मतदान केन्द्रको अनुगमनसँगै जिल्लाभरका मतदान केन्द्रको निरीक्षण कार्य टुङ्गिएको हो।
उत्तर कोरियाली नेता किम जोङ-उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुनः निर्वाचित हुनुभएको छ ।
जिल्लाका तीन नगरपालिकाका किशोरीलाई पाठेघरको मुखको क्यासर विरुद्वको (एचपिभी) खोप लगाउन सुरु गरिएको छ । बागलुङ, जैमिनी र ढोरपाटन नगरपालिकाका किशोरीलाई एचपिभि खोप लगाउन सुरु गरिएको हो ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ।