नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि १४ बुँदे ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्नुभएको छ ।
मेची राजमार्गको इलामको फिक्कल–कन्याम सडक खण्ड अन्तर्गत कन्याम नजिक पाल्टागेमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा निर्वाचन प्रचारप्रसार गर्न नपाउने स्पष्ट पार्नुभएको छ ।
मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७, अँधेरी जोगी टोलमा सोमबार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
दाङमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । लमहीदेखि घोराहीतर्फ आउँदै गरेको लु. २ ख. ३२७७ नम्बरको बस आज दुर्घटना हुँदा चार पुरुष र तीन महिला घाइते भएका हुन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारीमा जुटेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लामा पाँच हजार भन्दा बढी सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।
मुस्ताङका बस्ती आसपासका डाँडा हिउँले छपक्कै ढाकिएको छ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनको मतदान गर्ने दिन नजिक आइपुगेपछि उम्मेदवार अहिले मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने मतदान अधिृकत र सहायक मतदान अधिकृतलाई सोमबारदेखि अभिमुखिकरण सुरु गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुली उक्त पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
अमरराज नहर्कीतनहुँ, फागुन ११ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा भौतिक र मानवीय व्यवस्थापनका कामहरू अन्तिम चरणमा पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार निर्वाचनलाई स्वच्छ र मर्यादित रूपमा सम्पन्न गर्न जिल्लाभरि एक हजार ३५० वटा मतपेटिका आवश्यक पर्ने र ती सबै व्यवस्थापन भइसकेको छ ।कार्यालयको सूचना अधिकारी दुर्गामाया आलेका अनुसार मतदानका लागि आवश्यक मतपेटिकाहरू जिल्ला आइपुगिसकेको छ । आलेले भन्नुभयो, “धेरैजसो मतपेटिका पुरानै स्टकमा रहेका र केही थप गरी पर्याप्त मात्रामा तयारी अवस्थामा राखिएको छ ।’’ प्रत्येक मतदान केन्द्रमा जाने टोलीहरूले सर्वदलीय बैठकसहित निर्वाचन सफल बनाउन आ–आफ्नो तर्फबाट योगदान दिने तयारी समेत भएको छ।मतपेटिका र अन्य सामग्रीको व्यवस्थापनसँगै निर्वाचनका लागि खटिने मुख्य जनशक्तिको पनि टुङ्गो लागेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना प्रकाशन गर्दै मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली सार्वजनिक गरेको हो । विवरण अनुसार क्षेत्र नम्बर १ मा १५८ जना मतदान अधिकृत र १३४ जना सहायक मतदान अधिकृत खटिनेछन् भने क्षेत्र नम्बर २ मा १५६ जना मतदान अधिकृत र १५६ जना नै सहायक मतदान अधिकृत छनोट भएका छन् ।छनोट भएका यी कर्मचारीहरूलाई सोमबार बिहान ११ बजे दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा विशेष प्रशिक्षण दिइने कार्यक्रम तय भएको छ । तालिमपश्चात् आवश्यक कर्मचारी र निर्वाचन सामग्रीसहित उनीहरूलाई आ–आफ्नो कार्यक्षेत्र ९मतदान स्थल० मा खटाइने निर्वाचन कार्यालयले जनाएको छ ।जिल्लामा हाल २ लाख ५४ हजार ३९७ मतदाता कायम छन् । मतपत्रहरू यसअघि नै क्षेत्र नं १ को हकमा दमौली र क्षेत्र नं २ को हकमा दुलेगौँडामा सुरक्षित राखिसकिएको छ । निर्वाचनलाई लक्ष्य गरी मतदाता शिक्षाका लागि १० वटै पालिकामा स्वयंसेवक समेत परिचालन गरिसकिएको छ । जसले मतदान प्रक्रिया र बदर मत न्यूनीकरणबारे घरदैलोमै पुगेर जानकारी गराइरहेको कार्यालयले जनाएको छ ।
हिमालपारीको जिल्ला मनाङमा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरूले तीव्र रूपमा प्रसार–प्रचार सुरु गरेसँगै गाउँबस्तीमा चुनावी सरगर्मी बढेको हो ।
अबको १० वर्षपछि क्रिकेट खेलमा विश्वकप च्याम्पियन बन्ने सपनाका साथ कैलालीमा ‘च्याम्पियन्स–३६, ग्रासरुट टु ग्लोरी’ अभियानको थालनी भएको छ ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण भएका छन् ।
अफगानिस्तानको नङ्गरहार, पक्तिका र खोस्त प्रान्तका सात स्थानमा पाकिस्तानले हवाई गरेको जनाइएको छ । आक्रमणमा ८० जना भन्दा बढीको मृत्यु भएको जियो न्यूजले इस्लामाबादको सुरक्षा स्रोतलाई उदृत गर्दै जनाएको छ ।