प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर जिल्ला सुरक्षाव्यवस्था कडाइ गरिएको छ । निर्वाचनसँगै दलको प्रचारप्रसारका क्रममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यान गर्दै सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताउनुभयो ।
बागलुङमा सामुदायिक तथा घर पालुवा कुकुर र बिरालोको बन्ध्याकरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले तीन दिन लगाएर दुई वटा पालिका भित्रका १७८ वटा सामुदायिक तथा घर पालुवा कुकुर र बिरालोको बन्ध्याकरण गरेको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा दाङ क्षेत्र नं. २ का उम्मेदवारले मतदातालाई रिझाउन विभिन्न शैली अपनाइरहेका छन् । परम्परागत घरदैलो अभियान र चुनावी सभासँगै अहिले उम्मेदवारहरूले बिहानको समय उपयोग गर्दै मर्निङ वाक, योग, पूजापाठदेखि तरकारी बजारसम्म पुगेर मत माग्न फरक शैली अवलम्बन गर्न थालेका छन् ।
आफ्नो दिवङ्गत साथी प्रेमलाई सम्झँदा लीलाबहादुरका आँखा आँसुले भरिए । “सर, उनी धेरै उत्साहित थिए । हामी दुवै जीविकोपार्जनको खोजीमा सिन्धुलीबाट पोखरा आएका थियौँ ।” १० वर्षअघि पोख
मिथिला माध्यमिकी परिक्रमा सोमवार महोत्तरीको कञ्चनवन पुगेका छन्। कञ्चन वन पुगेर परिक्रमामा सहभागी श्रद्धालु तथा साधुसन्तहरुले प्रत्येक वर्ष होली खेल्ने गर्छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन मिति नजिकिँदै गर्दा कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा पुराना र नयाँ अनुहारबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधि सभा सदस्यका लागि यस क्षेत्रबाट १९ उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी तनहुँमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको छनोट गरिएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता गाउँ जोड्ने सडकमा जमेको हिउँ यसै साताभित्र पन्छाएर मतदातालाई घर फर्किन सहज बनाइने भएको छ ।
इलामको सूर्योदय नगरपालिका–७, कन्याममा निर्माण भएको चिया परीक्षण प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनको पहल सुरु गरिएको छ । कोशी प्रदेश सरकारको ७५ प्रतिशत र सूर्यो
प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा महोत्तरीमा मतदान स्थल अनुगमन र सुरक्षा परिचालन तीव्र पारिएको छ । नेपाल–भारत खुला सीमाका कारण निर्वाचन व्यवस्थापन चुनौतीपूर्ण मानिँदै
मजदुरहरूको पेशागत सुरक्षा र आर्थिक सशक्तीकरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मत दिने सप्तरीका मजदुरहरूले बताएका छन्।
छुट मुक्त कमैयाले पुनर्स्थापनाको पहल गर्ने उम्मेदवारलाई आगामी निर्वाचनमा भोट दिने बताएका छन् । कमैया मुक्ति भएको साढे दुई दशक बिते पनि अझैसम्म पुनस्र्थापनाको पर्खाइमा रहेका उनीहरूले गाँस, बास र कपासका लागि पहल गर्ने उम्मेदवारलाई भोट दिने बताएका हुन् । जमिनदारका घरमा मजदुरका रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरेको थियो ।
जिल्लाका १६ वटा सामुदायिक वनमा कर्णाली प्रदेश सरकारको पहलमा दिगो वन व्यवस्थापन कार्यक्रम लागु भएको छ । सामुदायिक वनको दिगो व्यवस्थापन प्रभावकारी बनाउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तयार पारेको कार्यविधि अनुसार लागु भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन म्याग्दीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।