• ११ फागुन २०८२, सोमबार

निर्वाचन सुरक्षाका लागि गस्ती गर्दै प्रहरी

blog

निर्वाचन सुरक्षाका लागि खटिएको नेपाल प्रहरी र निर्वाचन प्रहरीको संयुक्त टोली । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, फागुन ११ गते ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन म्याग्दीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपाल प्रहरीसँगै निर्वाचन प्रहरी,नेपाली सेना र शसस्त्र प्रहरीको टोली निर्वाचन सुरक्षामा खटिएको छ । प्रहरीको गस्ती जिल्लाका विभिन्न स्थानमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मतदान केन्द्र र संवेदनशील क्षेत्रलाई लक्षित गरी सुरक्षा निकायले नियमित गस्ती, निगरानी तथा सूचना संकलनलाई तीव्रता दिएका छन् ।

सर्वसाधारण मतदातामा सुरक्षा प्रत्याभूति दिलाउँदै कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन नेपाल प्रहरीका साथै नेपाली सेना, सशस्त्र प्रहरी मतदान स्थल आसपास परिचालित गरिएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जानकारी दिनुभयो ।