• ११ फागुन २०८२, सोमबार

जोखिम न्यूनीकरण गर्न कुकुर र बिरालोको बन्ध्याकरण

blog

सामुदायिक तथा घर पालुवा कुकुर र बिरालोको बन्ध्याकरण गरिँदै । तस्बिरः प्रदिप पन्त

प्रदिप पन्त
बागलुङ, फागुन ११ गते ।
बागलुङमा सामुदायिक तथा घर पालुवा कुकुर र बिरालोको बन्ध्याकरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले तीन दिन लगाएर दुई वटा पालिका भित्रका १७८ वटा सामुदायिक तथा घर पालुवा कुकुर र बिरालोको बन्ध्याकरण गरेको हो ।

कुकुरको टोकाइबाट लाग्ने रेविज रोगको जोखिमलाई न्यूनीकरण र सङ्ख्या कम गर्न  बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका भित्र फागुन ८ देखि १० गते सम्म शिविर मार्फत बन्ध्याकरण गरिएको थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले बताउनुभयो । “गाउ“घर र शहरमा छाडा रहेका कुकुरले मानिसलाई आक्रमण तथा टोक्ने गरे छन” उहाँले भन्नुभयो, “यसबाट जोखिम कम हुने र कुकुरको सङ्ख्या कम हुने ।”

बागलुङ नगरपालिका भित्रका १३० वटा कुकुर, तीन वटा बिरालो र काठेखोला गाउ“पालिकामा ४५ वटा कुकुरको बध्याकरण गरिएको उहाँले बताउनुभयो । दुई पालिका भित्रका १२८ वटा घरपालुवा र ४७ वटा भाले र पोथी कुकुर,  तीन वटा बिरालोको बध्याकरण गरिएको छ ।

जोखिमलाई न्यूनीकरण गर्नका लागि जिल्ला भित्र अहिलेसम्म झन्डै एक हजार कुकुरको बध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले जनाएको छ । जिल्लामा सामुदायिक र घर पालुवा गरि १५ हजार कुकुर रहेको कार्यालयको तथ्याङकले देखाएको छ ।