शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
तुलसीपुर (दाङ), फागुन ११ गते । दाङमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । लमहीदेखि घोराहीतर्फ आउँदै गरेको लु. २ ख. ३२७७ नम्बरको बस आज दुर्घटना हुँदा चार पुरुष र तीन महिला घाइते भएका हुन् ।
दाङ घोराही उपमहानगरपालिका–३, चिसापानी मसोट नजिक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयो । घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । रासस