आमाप्रति समर्पित ‘ताते गर्दै’ बोलको गीत सार्वजनिक भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा समान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४१ अङ्कले बढेर दुई हजार ६१६ दशमलव ९७ को बिन्दुमा कायम भएको छ ।
धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै ‘साम्बा’ले आफु उपचारका लागि भौतारिएको भन्दै आर्थिक सहयोगका लागि समर्थक र फुटबल प्रेमीमा अपिल गर्नुभएको छ ।
निर्वाचन र आम सञ्चार विषय एक दिवसीय अन्तरक्रिया कार्यक्रम राजविराजमा सोमबार सम्पन्न भएको छ ।
रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चार वर्ष पुग्नै लाग्दा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्वयुद्धको प्रक्रिया सुरु गरिसकेको विश्वास व्यक्त गर्नु भएको छ ।
मण्डिखाटारमा सोमबार भएको फाइनलमा काष्ठमण्डप ‘ए’ ले एआइटिएमलाई २–० गोलले हरायो । काष्ठमण्डपको जितमा दुवै गोल प्रशान्त मेन्याङबो लिम्बूले गर्नुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउनु भएको व्यापक आयात कर विरुद्ध सर्वोच्च अदालतले दिएको निर्णयपछि अन्तर्राष्ट्रिय व्यापार क्षेत्रमा अनिश्चितता बढेको छ ।
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी महोत्तरीमा डिजे र मदिरा माथि प्रतिबन्ध लगाइएको छ ।
प्रतिनिधिसभा निर्वाचन फागुन २१ नजिकिँदै जाँदा एक निर्वाचन क्षेत्र रहेको प्युठानमा चुनावी माहोल तातिएको छ । एक लाख ६५ हजार ४ सय १० मतदाता रहेको जिल्लामा यस पटक अनुभव, संगठन र नयाँ अनुहारबिच प्रतिस्पर्धा देखिएको छ ।
फागुन २१ को निर्वाचनका लागि इलाममा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको छ । इलाम सदरमुुकामस्थित बाल मन्दिर र कारागार कार्यालयमा गरी दुईवटा अस्थायी मतदान केन्द्र राखिएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ ।
निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले प्रशासनले गरेको आह्वानअनुसार जिल्लाका ११८ जना नागरिकले आफूसँग रहेका इजाजतप्राप्त हतियार बुझाएका छन् ।
सातदोवाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा जावलाखेलले पुलिसलाई ३–० गोलले हरायो ।
शारीरिक रूपमा अपाङ्गता भएर पनि सङ्घर्ष, साहस र असम्भवलाई सम्भव बनाउँदै प्रेरणाको स्रोत बन्नुभएको छ, शिक्षक धनेश्वर डाँगी ।
ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको दक्षिण कोरियाको राजकीय भ्रमणको क्रममा लुला र दक्षिण कोरियाली नेता ली जे म्युङले सियोलमा कृषिदेखि व्यापारिक सहयोगसम्म समेट्ने गरी बहुआयामिक सम्झौतामा हस्ताक्षर गरेका छन् ।