• ११ फागुन २०८२, सोमबार

इलाममा दुई अस्थायी मतदान केन्द्र

blog

निर्वाचनलाई आवश्यक सामग्री तयार गर्दै जिल्ला निर्वाचन कार्यालय इलामका कर्मचारी । तस्बिरः कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, फागुन ११ गते । फागुन २१ को निर्वाचनका लागि इलाममा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको छ । इलाम सदरमुुकामस्थित बाल मन्दिर र कारागार कार्यालयमा गरी दुईवटा अस्थायी मतदान केन्द्र राखिएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । 

बाल मन्दिरमा रहेको मतदान केन्द्रमा जिल्लास्थित संवैधानिक निकायका प्रमुखहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सुरक्षाकर्मी र कर्मचारी अन्य सबै गरी दुई हजार ६३४ अस्थायी मतदाता संख्या रहेको छ । 

यस्तै, कारागारमा रहेको मतदान केन्द्रमा रणशार्दुल गण गडीथुम्का इलाम र कारागार कार्यालयका कर्मचारी, थुनुवा र कैदीबन्दी गरी दुईसय तीन जना अस्थायी मतदाता रहेका छन् । 

अस्थायी मतदातामा कैदीबन्दी र थुनुवाको संख्या एकसय रहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा अस्थायी मतदाताको संख्या कुल दुई हजार ८३७ रहेको छ । अस्थायी मतदाताले दलहरुलाई समानुपातिक तर्फमात्र मतदान गर्न पाउनेछन् ।