१२० वर्ष अघिको गोर्खापत्र
गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याई बाँसको तीनतले चीर ठड्याइएसँगै मङ्गलबारदेखि एक सातासम्म होलीपर्व सुरु हुन्छ । यसपालि तीनछत्रे होलीको चीरको साइत बिहान ७ बजेर १३ मिनेटको रहेको छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पु¥याई दाह गरेपछि होलीपर्व समाप्त हुन्छ ।
ललितकला क्याम्पसमा स्नातक अध्ययनकै बेलाका साथी हुन्– आर्या राजभण्डारी, चाँदनी वज्राचार्य र रेनुका महर्जन । त्यतिबेलै अर्थात् सन् २००२ मा कलाका तीन विद्यार्थीले थाल्नुभएको हो– पेटल्स शीर्षकको कला प्रदर्शनी । तीन कलाकारले आफ्नो कला, दृष्टिकोण र कला अनुराग, आशक्तिलाई एउटै मञ्चमा अझ त्यसमा पनि चित्र र मूर्तिका माध्यमबाट अभिव्यक्ति गर्ने लक्ष्य राखे । त्यही सिलसिला र शृङ्खलाका रूपमा पाँचौँ सामूहिक चित्रकला प्रदर्शनी ‘कम्बिनेसन’ नेपाल आर्ट काउन्सिलमा भइरहेको छ ।
साङ्गीतिक क्षेत्रमा विरासत बोकेको परिवार नेपालमा कमै पाइन्छ । तीमध्ये एक हो, जोशी परिवार । रामलाल जोशी, द्वारिकालाल जोशी/नगिना जोशी, लसता जोशी, भिन्तुना जोशी र शरद् जोशी हुँदै चौथो पुस्ता लुमिला जोशीले पनि यस क्षेत्रमा पाइला सारिसक्नुभएको छ ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री कुलमान घिसिङले विकासका लागि सही क्षेत्रमा लगानी आवश्यक रहेको बताउनुभयो ।
अरूले बाँझो छाडेको जग्गा भाडामा लिएर स्थानीय जातको उखु खेती सुरु गर्दा यहाँ दीपक कार्कीले गुडबाट राम्रो आम्दानी गर्नुभएको छ । गाउँका करिब ७५ प्रतिशत मानिस बसाइँसराइ गरेपछि खाली रहेको बाँझो जग्गा उपयोग गर्दा नसोचेको सफलता हासिल भएको छ ।
निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू फेरि एक पटक रासायनिक मल कारखाना सञ्चालन र कृषकलाई सहज रूपमा मल उपलब्ध गराउने प्रतिबद्धता दोहो¥याइरहेका छन् । विगतका निर्वाचनमा गरिएका यस्तै वाचा कार्यान्वयनमा नआएकाले दोहोरिएका प्रतिबद्धता तथा घोषणाप्रति बर्दियाका कृषक भने आशावादी छैनन् ।
बुटवलबाट प्रदेश राजधानी दाङ सरेपछि सुस्ताएको बुटवलको व्यापार विस्तार गर्दै बुटवललाई आर्थिक राजधानी बनाउने प्रतिबद्धता उम्मेदवारले व्यक्त गरेका छन् । बुटवल रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ मा पर्दछ । यही क्षेत्रबाट पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल नेकपा (एमाले) का तर्फबाट चुनावी मैदानमा हुनुहुन्छ । उता नेपाली कांग्रेसबाट व्यावसायिक घरानाका चुन्नप्रसाद पौडेलसमेत चुनावी मैदानमा हुनुहुन्छ भने रास्वपाले अधिवक्ता सुलभ खरेललाई उम्मेदवार बनाएको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपियाँ १२ पैसा र बिक्रीदर १४५ रुपियाँ ७२ पैसा तोकिएको छ ।
सर्वसाधारण लगानीकर्तालाई झुक्याएर संस्थापक सेयर बिक्रीवितरण गर्न नदिन दोहोरो ‘आइजिन’ (इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर) लागु गर्न लागिएको सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । कम्पनीले सोमबार एक कार्यक्रम आयोजना गर्दै प्रस्तावित अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२ ले अनिवार्य गर्न लागेको दोहोरो ‘आइजिन’ को व्यवस्थाले सबै किसिमका लगानीकर्ता कानुनी रूपमा पनि सुरक्षित हुने दाबी गरेको हो ।
सार्वजनिक सेयर निष्कासन गर्ने ऊर्जा क्षेत्रका पब्लिक लिमिटेड कम्पनीका हुने गरेका विभिन्न विकृति रोक्ने र उनीहरूका गतिविधिलाई पारदर्शी बनाउने गरी विद्युत् नियमन आयोगले ‘अनुमतिप्राप्त संस्थाको संस्थागत सुशासनसम्बन्धी मापदण्ड २०८२’ को मसौदा तयार गरेको छ । जनताको रकम लगानीका रूपमा स्वीकृत गरेका संस्थाको प्रशासनिक, खरिद तथा सञ्चालक समिति नियुक्तिलगायतलाई प्रक्रियालाई पारदर्शी बनाउन यस्तो मसौदा ल्याइएको आयोगले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा चार लाख ७२ हजार ५७७ जनाले श्रम स्वीकृति लिएका छन् । यीमध्ये नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) मा मात्रै एक लाख छ हजार ६८७ जना रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
अस्पतालले जेनजी आन्दोलनका क्रममा घाइते भएकाको विवरण अझै बुझाउन सकेका छैनन् ।
स्वास्थ्य बिमा बोर्डले सेवाप्रदायक अस्पताल (संस्था) लाई एक अर्ब रुपियाँ वितरण गर्ने भएको छ । १० अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी रहेको बिमा बोर्डले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न कार्यक्रमबाट बजेट रकमान्तर गरेको ७५ करोड नौ लाख १२ हजार रुपियाँसहित एक अर्ब रुपियाँ बाँड्न लागेको हो । बिमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण पौडेलले मन्त्रालयले चालु आर्थिक वर्षका कार्यक्रमलाई कटौती गरेर रकम उपलब्ध गराएको जानकारी दिँदै त्यही रकम बाँड्न लागिएको जानकारी दिनुभयो । “अलि अलि भए पनि टालटुल गरेर रकम बाँड्ने तयारीमा छौँ,” पौडेलले भन्नुभयो, “कुन अस्पताललाई कति वितरण गर्ने भन्ने निश्चित छैन ।”
नेपालमा विगत पाँच वर्षमा सडक दुर्घटनाका कारण १४ हजारभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा सडक दुर्घटनामा १४ हजार २१४ जनाको सवारी दुर्घटनाबाट ज्यान गएको हो । एक लाख ७१ हजार ९५२ जना घाइते भएका छन् । दुर्घटनाबाट हुने भौतिक क्षतिको कुनै लेखाजोखा छैन ।