• ११ फागुन २०८२, सोमबार

हुम्लामा एक किशोरी मृत फेला

blog

नन्द सिंह 

रलिङ-हुम्ला, फागुन ११ गते । हुम्लाको सिमकोट गाउँपालिका-७, डाडाँफायाँमा एक जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएकाे छ।

आइतबार राति ११ बजे १७ वर्षीया निशा सुनार झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताउनुभयो । प्रहरीका अनुसार उहाँ राति आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला पर्नुभएकाे हाे ।

प्रहरी निरीक्षक जङ्गबहादुर सिंहको नेतृत्वको टोली घटनास्थल पुगेर शवलाई सदरमुकाम सिमकोटको जिल्ला अस्पतालमा राखिएको छ । किशोरीको मृत्युको कारण खोज्न अनुसन्धान भइरहेको छ । 

अहिले के कारणले झुन्डिएको हो भन्न नसकिने प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । उक्त मृतकका आमाबुवा जिल्ला बाहिर रहेकोले आफू नआउँदासम्म शवको पोस्टमाटम गर्न नदिने भएको छ ।