तेहरान, फागुन १२ गते । इरानी सेनाको वायु सेनाको हेलिकाेप्टर मङ्गलबार मध्य प्रान्त इस्फहानको फलफूल बजारमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको सरकारी मिडियाले जनाएको छ ।
दुर्घटनामा पाइलट, सह-पाइलट र दुई जना फलफूल व्यापारीको मृत्यु भएको इरना समाचार एजेन्सीले जनाएको छ । एजेन्सिका अनुसार दुर्घटनाको कारण “प्राविधिक खराबी” भएको बताएको छ । दुर्घटना इस्फहान प्रान्तको खोमेनिसहर सहरमा भएको पुष्टि गरिएको छ ।
लगातारको प्रतिबन्ध खेत्दै आएको इरानले पछिल्लो समयमा धेरै वटा हवाई प्रकोपको सामना गरेको छ भने अधिकारीले आफ्ना पुराना जहाजका लागि स्पेयर पाट्र्स प्राप्त गर्न गाह्रो भएको गुनासो गरेका छन् । यस अघि पश्चिमी हामेदान प्रान्तमा प्रशिक्षण अभ्यासको क्रममा बिहीबार, एक इरानी लडाकु जेट दुर्घटना ग्रस्त हुँदा दुई जना पायलट मध्ये एकको मृत्यु भएको इरानी मिडियाले जनाएका छन् । रासस/एएफपी