• १२ फागुन २०८२, मङ्गलबार

इलामको उत्तरी क्षेत्रमा असिनासहित वर्षा

blog

इलामको जमुनामा आज दिउसो परेको असिनासहितको वर्षा । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, फागुन १२ गते । लामो समयपछि इलामको उत्तरी क्षेत्रमा वर्षा भएको छ । गएको कात्तिक पहिलो साता यता वर्षा नभएको इलाममा बाक्लो असिनासहित वर्षा भएको हो । 

इलामको उत्तरपूर्वी जमुना, जौबारी, माईपोखरी, देउराली, माईमझुवासहितका उत्तरी लेकाली क्षेत्रमा वर्षा भएको जमुनाका स्थानीय निम लम्बू शेर्पाले जानकारी दिनुभयो । वर्षा भएपछि अलैंची, चिया र जडीबुटी किसानलाई सिँचाइका लागि राहत मिलेको बताइएको छ ।