• १२ फागुन २०८२, मङ्गलबार

पत्रकारहरूलाई आचारसंहिता तालिम

blog

नेपाल पत्रकार महासङ्घ इलामले आयोजना गरेको पत्रकारहरूका लागि निर्वाचन आचारसंहिता सम्बन्धी तालिम । तस्बिर :कोकिला ढकाल ।

कोकिला ढकाल 

इलाम, फागुन १२ गते ।आगामी फागुन २१ को निर्वाचनका लागि इलाममा पत्रकारलाई निर्वाचन आचारसंहिता सम्बन्धी तालिम दिइएको छ ।

नेपाल पत्रकार महासङ्घ इलाम शाखाको आयोजना र महासङ्घ कोशी प्रदेशको सहकार्यमा दिइएको तालिममा कस्ता किसिमका समाचार सामग्री तयार गर्ने, निर्वाचन आचारसंहिताको पालना भए नभएको, उम्मेदवारहरूको प्रोफाइल लगायतका विषयमा छलफल गरिएको थियो ।

तालिममा चुनावी खर्चमा हुने पारदर्शिता, भोजभतेर, चुनावी खर्चको प्राप्ति, सरकारी स्रोतको दुरुपयोग, दल र उम्मेदवारको घोषणापत्रको समीक्षा लगायतका विषयलाई समाचारमा उल्लेख गर्न सकिने विषयमा छलफल गरिएको छ ।

इलामका अग्रज पत्रकार विजय शेखर भट्टराई र महासङ्घ कोशी प्रदेश समिति सदस्य बुद्धमाया सोङ्मीले तालिमको सहजीकरण गर्नुभएको थियो ।

तालिममा निर्वाचन आयोगले निर्वाचन सम्बन्धी गरिरहेको तयारी सम्बन्धमा जिल्ला निर्वाचन अधिकारी देवीचरण फुुयालले जानकारी गराउनुभएको थियो ।