• १२ फागुन २०८२, मङ्गलबार

गरिबी न्यूनीकरण गर्न आर्थिक संवाद कार्यक्रम

blog

संवाद कार्यक्रमका अतिथिहरू ।

गोरखापत्र अनलाइन

काठमाडौँ, फागुन १२ गते । गरिबी न्यूनीकरणमा चिनियाँ राष्ट्रपति सि जिनपिङले लिनुभएको आर्थिक विचारका विषयमा नेपालमा संवाद कार्यक्रम आयोजना गरिएको छ । 

फ्रेन्डस् अन दि क्लाउडः प्लेटफर्म अफ इन्फ्ल्यून्सर्स नेपाल नामक संस्थाको आयोजनामा भएको संवाद कार्यक्रममा वक्ताहरुले चीनको गरिबी न्यूनीकरणमा सि जिनपिङको विचार महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो । सोही विचारलाई नेपालमा कार्यान्यन गर्न सके नेपालको गरिबी न्यूनीकरणमा पनि सहयोग पुग्ने विश्वास वक्ताहरूको छ । 

कार्यक्रममा डा. कुसुम शाक्य, डा. अग्नि काफ्ले, डा. विष्णुहरि नेपाल, शोभित उप्रेती लगायतले नेपालको पर्यटकीय विकास, भौतिक पूर्वाधार विकास, नेपालको भाषिक तथा सांस्कृतिक विकास, यहाँको शुद्ध पानीलाई मिनरल्स वाटरमा ब्रान्डिङगरी अघि बढ्न सके नेपालको गरिबी न्यूनीकरण गर्न सकिने सुझाव दिनुभयो । कार्यक्रममा कुटनीतिज्ञ, समाजसेवी, पत्रकार तथा सर्वसाधारणको सहभागिता थियो ।