लगातारको वर्षा नरोकिदाँ देशैभर आजपनि मनसुनी वायुको प्रभाव रहेको छ । देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा लागेको ताल्चा दुई महिनापछि खुलेको छ । नेपाल विद्यार्थी सङ्घले उठाएका १४ बुँदे मागमध्ये आधाभन्दा बढी माग सम्बोधन भएपछि नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताल्चा खुलेको हो ।
कैलालीमा दुर्लभ जलप्राणी डल्फिन देखिन थालेका छन् । पानीको सतह बढेपछि यहाँका सहायक नदीनालामा गङ्गेटिक प्रजातिको डल्फिन देखिन थालेको हो ।केही दिनयता जिल्लाको दक्षिण–पूर्वी तटीय क्षेत्रस्थित नदीनालामा डल्फिन देखा परिरहेका स्थानीयवासीले जनाएका छन् ।
नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ ।कोषको कार्यक्रममा सहभागी भएका कर्मचारीको सम्बन्धित कार्यालयले अनलाइन प्रणालीबाट सोझै खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको हो ।
गण्डकी प्रदेश सरकारले तीन वर्ष अघि सारेको ‘एक निर्वाचन क्षेत्र १ नमूना सडक कार्यक्रम’ अन्तर्गतका जिल्लाका दुईवटा सडक योजना अलपत्र परेका छन् । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण सडक योजना समयमै कार्यान्वयन हुन नसक्दा अलपत्र परेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताका लागि सरकार सधैँ प्रतिबद्ध भएको बताउनुभएको छ । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनबारे नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवालाई जानकारी गराउन गएका युनियन केन्द्रीय कार्यसमितिका पदाधिकारीसँग उहाँले उक्त कुरा बताउनुभएको हो । त्यस अवसरमा प्रधानमन्त्री देउवाले नेपाली सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो ।
दोलखाको कालिञ्चोक गाउँपालिकाले एक घर, एक बाँदर पाल्ने कार्यक्रम ल्याउन लागेको छ । गाउँपालिकाले बाँदर नियन्त्रणका लागि आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा समावेश भएको यो कार्यक्रम पारित भइसकेको गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।
गत वर्षदेखि नै सिक्टाको मूल नहरमा पानी छोडिँदा कोहलपुर–६, रझेनाका मलिराम थारूलाई खेतीमा पानीको कुनै समस्या भोग्नुपरेको छैन । आफ्नो खेतको छेउमा नै मूल नहर बगेकाले आवश्यक पानी तानेर बाह्रै महिना खेती गरिरहेको उहाँले बताउनुभयो । यसअघि आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै थारूले अब त जतिबेला जुन खेती मन लाग्यो, त्यो गर्न सकिने बताउनुभयो ।
नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक यही असार २१ गते बोलाएको छ ।
ललितपुर महानगरपालिका बुङ्मती मच्छिन्द्रबहालका गल्ली, टोलमा छिर्दा निरन्तर रूपमा ज्यावल चलाएको टक्, टक् र टुक् टुक् गरेको आवाज सुनिन्छ । त्यस्तो आवाजसँगै नजिकै रेडियो बज्दै गरेको र महिलाको छेउमा ससाना बच्चा लडीबुडी खेलिरहेको दृश्य देखिन्छ ।
बारा जिल्लाको निजगढमा निर्माण गरिने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो आदेशले निकै तरङ्ग सिर्जना ग¥यो । यो विमानस्थल निर्माणको सम्भाव्यतालगायतका अन्य विषयका सम्बन्धमा अध्ययन सर्वेक्षण आदि कार्यका निम्ति हालसम्म नेपाल सरकारले ठूलो धनराशि खर्च गरिसकेका अवस्थामा अदालतको आदेश पर्यावरण तथा रुख कटानीसँग जोडेर आयो ।
स्थानीय तह निर्वाचन २०७९ को अन्तिम नतिजा आउन बाजुराको बूढीगङ्गा नगरपालिकाको मात्रै बाँकी छ । यो नगरको परिणाम जोसुकैको पक्षमा गए पनि नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो अर्थात् पहिलो दलको रूपमा स्थापित हुन अब कसैले रोक्न सक्दैन । देशभरका पालिकामा जितेको सङ्ख्यात्मक आधारमा मात्र नभई कांग्रेसले नगरपालिकाका हिसाबले होस् वा गाउँपालिकाका प्रमुख जितेका हिसाबले होस्, वा कुल वडाध्यक्ष मध्येको विजयमा होस्, कांग्रेस पहिलो पार्टी नै बनेको छ । यति मात्रै होइन, कुल महिला सदस्य वा दलित महिला वा कुल पुरुष वडा सदस्यमा पनि कांग्रेस नै पहिलो पार्टी बन्यो । प्रदेशका हिसाबले पनि हरेक प्रदेशमा कांग्रेस नै पहिलो पार्टी भएको छ ।
सङ्कटको बेलामा जहिले पनि हामी कृषिलाई नै सम्झिन्छौँ । कोरोना महमारीले गाँजेको पहिलो र दोस्रो बजेटमा कृषिलाई नै प्राथमिकता दिने उद्घोष गरिएको थियो । विगत दुई वर्षमा पनि आशातित फड्को मार्न सकेनौँ । कोरोनाको असर क्रमश मथ्थर हुँदै जाँदा कृषि ओझेलमा पर्न थाल्यो ।
राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई जुम्लाकै मार्सी धानको भात दैनिक चाहिन्थ्यो । त्यतिबेला जुम्लाबाट काठमाडौँ आउन महिनौँ लाग्थ्यो । चन्द्र शमशेरका लागि जुम्लाको मार्सी ल्याउन सजिलो उपाय गरियो । दैनिक हुलाकबाट दुई माना चामल आउने व्यवस्था मिलाइयो ।
विश्वका धनी भनेर चिनिने जी–सेभन (ग्रुप सात) क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, युनाइटेड किङ्गडम र संयुक्त राज्य अमेरिका मिलेर बनेको संस्था हो । विश्वका अति शक्तिशाली सात देशका राष्ट्रप्रमुखको ४७औँ शिखर सम्मेलनका लागि जर्मनीको बाभेरियामा भेला भए । सन् १९७० देखि यी देशका नेताहरू सबैभन्दा दबाबपूर्ण वैश्विक मुद्दामा छलफल गर्न बर्सेनि भेला हुन्छन् । प्रत्येक सदस्य देशले एक वर्ष लामो अध्यक्षता लिने गछ । उ