पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली कोरिडोर आजदेखि सञ्चालन भएको छ ।
जाजरकोटको बारेकोट गाउँपालिका–४ चौथारी गोठबाट भेडा, बाख्राहरू चरिचरणका लागि बुकी पाटनतर्फ लैजाँदै गरेका गोठालाहरू ।
पाल्पामा हालसम्म धान खेती हुने भूभागमध्ये ६० प्रतिशतमा रोपाइँ सकिएको छ । रोपाइँका लागि पानी पुगेपछि जिल्लाका धेरैजसो स्थानमा रोपाइँ भएको हो ।
यस वर्ष जिल्लाभरका सामुदायिक वनमा ७२ हजार चार सय १८ वटा बिरुवा रोपिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा विभिन्न प्रजातिका ७२ हजार चार सय १८ बिरुवा रोपिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना प्रकाशित गरेर मुस्लिम समुदायको पर्व मोहर्रममा कुनैपनि प्रकारको उच्छृङ्खल व्यवहार नगर्न, घरेलु हतियार लिएर नहिँड्न तथा सदभाव बिथोल्ने कुनैपनि गतिविधि नगर्न आग्रह गरेको छ ।
मोरङको पथरी शनिश्चरेका किसान काजु खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय फरक र नयाँ कृषि खेती गर्न रुचाउने कृषकहरूको सङ्ख्या बढ्दो छ ।
कोटेश्वर-तीनकुने क्षेत्रको बागमती किनारमा वृक्षारोपण गरिएको छ । म्यान्मारबाट आउनुभएकी समाजसेवी तुलसी थापाबाट प्राप्त १५ वटा तेजपातको बिरुवा बागमती सफाइ महाअभियानको पाँच सय ८३औँ हप्ताको अवसरमा आज रोपिएको हो ।
बुढानीलकण्ठ नगरपालिका–१२, कपन फैँकाकी नीरा कोइराला उमेरले ५१ वर्ष पुग्नुभयो । उहाँ ओखलढुङ्गाको रातमाटेमा जन्मिनुभएको हो । सानोमा उहाँले विद्यालय टेक्नै पाउनुभएन ।
सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी-१ जलविद्युत आयोजनाको डिसेन्डर स्वल्याबको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवर्द्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चिततामा प्रदेश सरकारको चासो रहेको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति गर्दै हुनुहुन्छ ।
सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि रुपन्देहीमा लेन अनुशासन पालना गराउन जनचेतनामूलक अभियान थालिएको छ ।
गाउँबाट सहर पसेपछि धेरै मानिसहरू पुनः गाउँ फर्कन चाहँदैनन् । सहरबाट गाउँ फर्कनुलाई हाम्रो समाजले त्यति राम्रो मान्दैन । तर मोरङको रतुवामाई –५ परेवाखोपीका लीलानाथ श्रेष्ठ सहरबाट गाउँ फर्केर कृषि तथा पशुपालन व्यवसाय बाट लाखौँ कमाइ गरिरहनु भएको छ ।
निरन्तरको वर्षाले जिल्ला सदरमुकाम गाईघाटसँग जोडिएका अधिकांश पहाडी र ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ ।
राजचरी र स्वर्गचरीलाई बचेरा हुर्काउन भ्याइ नभ्याइ छ । राजचरी (ब्ल्याक न्याप्ड मोनार्क) बचेरा हुर्काउन व्यस्त छ । भाले र पोथीले आलोपालो किरा फट्याङ्ग्रा खोज्छन् । चुच्चाको सहायताले बचेरालाई खुवाउँछन् ।