करोडौँ रुपियाँ खर्च गर्दा पनि सडक बग्ने क्रम नरोकिएपछि मेची राजमार्ग अन्तर्गत पर्ने माइखोला राजदुवाली माथिको सडक खण्डको विकल्प खोज्न इन्जिनियरहरूले सुझाव दिएका छन् ।
धरानका मन्दिरहरूमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ । साउन महिनामा बोलबम सुरु हुने भएकाले यहाँका मन्दिरहरूमा असारभित्रै भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो ।
नवलपुरमा हालसम्म ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने बौदिकाली र बुलिङ्गटारमा अझै रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बागमती प्रदेशसभाबाट पारित भई आएको अर्थसम्बन्धी दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
रौतहटको बौधिमाई नगरपालिका-३ मटिअर्वा गाउँका परशुराम साह, मिना देवी, रिन्कु देवी र नीरज साह बेपत्ता छन् । बस त्रिशूलीमा खसेको तीन दिन बित्न लागेको छ ।
गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताउनुभएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र (इडिसिडी)अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार ७३ जिल्लामा एक हजार ५४४ जनामा डेंगु पुष्टि भएको हो।
प्रतिनिधिसभाको सोमबार दिउँसो १ बजेका लागि निर्धारित बैठक सोही दिन अपराह्न ४ बजेका लागि सरेको छ ।
पर्सा पर्टेवा सुगौली गाउँपालिका-५ निचुटाका कृषक शिवबालक ठाकुरलाई दुई दशकअघिसम्म चार हलगोरु र आधा दर्जनभन्दा धेरै भैँसी पाल्नुहुन्थ्यो । विगतमा गोठभरि नै चौपाया हुने भएकाले रासायनिक मलको खासै समस्या हुँदैनथ्यो ।
निरन्तर वर्षाका कारण स्याङ्जाको गल्याङ नगरपालिका-३ लल्याङका ७० घर उच्च जोखिममा परेका छन् । ठुलाभर्लाको पहिरोबाट १० वर्षबाट जोखिममा मोलिरहेका यहाँका गाउँलेले लगातारको वर्षाले गाउँकोबिच भाग बेलैतीबारी र भित्रबारीबाट पहिलो गएसँगै उच्च जोखिममा भएको हो ।
मनसुनजन्य विपदबाट बागलुङमा तीन जनाको ज्यान गइसकेको छ । मनसुनजन्य विपदमा परी ज्यान गुमाएकाको दुई परिवारलाई जिल्ला प्रशासन कार्यालयले छ लाख ५० हजार राहत प्रदान गरेको जनाएको छ ।
रघुगंगा नदीको बाढी, कटान र पाखोबाट आउने पहिरोको चपेटामा परेको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ मा पर्ने राहुघाट बस्ती ।
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ५२ दशमलव ९७ अङ्कले बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ को विन्दुमा कायम भएको छ ।
नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा अर्का एक युवकको शव भेटिएको छ। उक्त शव सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा परेको बसका यात्रुको भएको प्रहरीले जनाएको छ।
चितवन सिमलताल दुर्घटनामा बेपत्ता भएर आइतबार शव भेटिएका दुई जनाको सनाखत भएको छ।