भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष जेपी नड्डाको कार्यकाल समाप्त भएको छ । उहाँको कार्यकाल सन् २०२४ को जुनसम्म लम्बिए पनि अहिले उहाँलाई सरकारभित्र महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ । त्यसैले भाजपा अब नयाँ अध्यक्षको खोजीमा छ ।
नेपाल कम्युनिस्टी पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का अध्यक्ष केपी शर्मा ओलीको ७१ वर्षे जीवन सङ्घर्षमय छ । उहाँको वास्तविक नाम खड्गप्रसाद ओली भए पनि राजनीतिमा केपी ओलीको नामबाट परिचित हुनुहुन्छ । उहाँलाई माया गर्नेले ‘केपी बा’ भनेर सम्बोधन गर्छन् ।
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा आइतबार जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । फुङ्लिङ नगरपालिका –७ हेलिप्याडनजिक पौडेल चौकमा स्टेरिङ टाइरेट भाँचिएर बोलेरो जिप दुर्घटना भएको हो ।
स्याङ्जाको पुतलीबजार नगरपालिका –४ रामकोष स्वारामा रहेको पानीको दह (पोखरी) मा एकै घरका दिदीबहिनी मृत अवस्थामा भेटिएका छन् ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नेपाल बार एशोसिएशनले काठमाडौँ घोषणा-पत्र, २०८१ कार्यान्वयन सम्बन्धमा आज ध्यानाकर्षण गराएको छ ।
पोखरा महानगरपालिका वडा नं. २५, हेम्जाको झिझिर्का फलामे खेतमा आएको पहिरोले ५ घर विस्थापित भएका छन् भने २६ घर पहिरोको उच्च जोखिममा छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ सोमबार बिहान लिनुहुने भएको छ।उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान ११ बजे शपथ लिनुहुने विशेष कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
अर्थमन्त्री वर्षमान पुनले दोस्रो कार्यकाल सन्तोषजनक रहेको बताउनुभएको छ । अर्थ मन्त्रालयका कर्मचारीद्वारा आज आयोजित विदाइ कार्यक्रममा उहाँले आगामी आर्थिक वर्षको बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएकोसमेत दाबी गर्नुभयो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई खेलकुदको महत्त्वपूर्ण गन्तव्यकारुपमा विकास गर्ने बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
मखनटोल विकास संस्था तानसेन पाल्पाको आयोजनामा तानसेन नगरपालिका –८ मदनपोखरा शिखरडाँडामा वृक्षरोपण गरिएको छ ।
कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयकी राज्यमन्त्री सृजना राईले भोजपुरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय उद्घाटन गर्नुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ । नगर सभाको १५औँ अधिवेशनको दोस्रो बैठकले यही असार १० गते पहिलो बैठकमा प्रस्तुत वार्षिक राजस्व र व्ययको अनुमान (बजेट) सर्वसम्मत पारित गरेको हो ।
दुई साताअघि आएको बाढी पहिरोले सडक बगाउँदा बेँसीसहर नगरपालिका-११ का रुम्टाबेँसी, बजारखुट्टा र बुढीकुवा बगरबोट गाउँका स्थानीयलाई आवागमनमा समस्या हुँदै आएको छ ।
ठेकेदार फरार भएपछि सप्तरीको पकरी–डलवाबाग सडक अलपत्र परेको छ । मधेस प्रदेश सरकारले पकरी डलवाबाग सडकको ठेक्का रमन–आइएसएनबी जेबी जनकपुरधाम धनुषासँग २०७८ चैत ७ गते सम्झौता भएको थियो ।