सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१-८२ का लागि सार्वजनिक गरेको बजेट अध्यादेशमार्फत् स्वीकृत गराउने तयारी भइरहेको छ । चालु आर्थिक वर्ष आज सकिनै लाग्दासम्म बजेट स्वीकृत नभएपछि सरकारले अध्यायदेशमार्फत् बजेट स्वीकृत गराउने तयारी गरिरहेको हो।
जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले वृद्धि भएको छ । निरन्तरको वर्षाका कारण ढुवानीमा समस्या हुँदा मूल्य वृद्धि भएको स्थानीय व्यापारी बताउँछन् ।
आइतबार रातिदेखि इन्द्रावती नदीमा आएको बाढीले कटान गरिहरेको जमिन र जोखिममा रहेको मेलम्चीको बस्ती । बाढीले इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा सबस्टेसन, मेलम्ची–भोताङ सडक खण्डलगायतमा क्षति गरेको छ ।
कालीगण्डकी नदीको किनार र भिरको फेदीमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ्ग–तातोपानीको बस्ती ।
चिउरी एक प्रकारको बहुउपयोगी वनस्पति हो । समुद्री सतहबाट दुई सय मिटरदेखि एक हजार पाँच सय मिटर उचाइका भिरपाखा, नदी किनार तथा खोँचका ओसिलो माटोमा हुर्कने र सप्रिने चिउरीको कुनै पनि भागलाई उपयोगमा ल्याउन सकिन्छ ।
पोखरा महानगरपालिका–१६ स्थित गर्लाङ सामुदायिक होमस्टेलाई हाइकिङमार्फत प्रवर्द्धनको प्रयास थालिएको छ । पर्यटकीय सम्भावनायुक्त गर्लाङलाई एक दिवसीय हाइकिङका माध्यमबाट जोड्न हाइकर्स क्लब नेपालले आफ्नो ४९औँ शृङ्खला गर्लाङमा सम्पन्न गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
हुम्लामा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । अधिकांश धान खेती गर्ने जग्गामा सिँचाइको व्यवस्था र वर्षा भएको कारण छिट्टै रोपाइँ सम्भव भएको हो ।
असार अन्तिमसम्म बागमती प्रदेशमा ७० प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको जानकारी अनुसार असार ३० गते आइतबारसम्म प्रदेशका १३ जिल्लामा ७० दशमलव ५९ प्रतिशत रोपाइँ सकिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा सङ्कलित उक्त राजस्व हालसम्मकै धेरै हो । पछिल्लो तीन वर्षयता राजस्व सङ्कलन बढ्दो क्रममा छ ।
सङ्घीय सरकारको रु ११ करोड १९ लाख बजेटमा उदिपुर देउरालीडाँडा पहिरो रोकथाम सुरु गरिएको छ । डुम्रे बेँसीसहर सडक खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो रोकथामका लागि पर्खाल निर्माण सुरु गरिएको हो ।
कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जितेको छ । अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा भएको फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गरेको गोल अर्जेन्टिनाको जितका लागि निर्णायक भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १९ मन्त्रीलाई सोमबार पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
सडक अधिकार क्षेत्रको संरचना नहटाउन मागसहित धनगढी उपमहानगरपालिकाविरुद्ध स्थानीयले दिएको रिट अदालतले खारेज गरेको छ ।
मौसम परिवर्तनसँगै गर्मी बढेकाले दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो केहीदिनयता मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगाय बिरामीको सङ्ख्या बढेको हो ।