कास्कीको पोखरा महानगरपालिका १९ तल्लाकोट टारीमा पहिरोमा परी परिवारका चार सदस्य गुमाएका पवन परियारलाई राहत प्रदान गरिएको छ ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै पदभार ग्रहण गर्नुभएको छ । उहाँले सोमबार बिहान उपप्रधान तथा सहरी विकास मन्त्रीको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुभएको हो ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदको शालिकमा माल्यार्पण गर्नुभएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बसका यात्रुमध्ये अहिलेसम्म १३ जनाको शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ । तर हराइरहेका बस अझै फेला परेको छैन ।
पाल्पामा कतै चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माणाधीन छन् भने कतै सञ्चालनमा छन् । तानसेनको बाघखोरमा एघार वर्षदेखि चिस्यान केन्द्र निर्माणाधीन अवस्थामा छ ।
जिल्लाको रामपुर नगरपालिकाले ‘मेयर छात्रवृत्ति’कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको छ । चार वर्षदेखि नगरमा उक्त कार्यक्रम सञ्चालन भएसँगै यसको प्रभावकारिता पनि बढ्दै गएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गर्नुभएको छ । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिनुभए लगत्तै उहाँले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
अन्नपूर्ण गाउँपालिका-६ घारको बिरौटाका किसानले गहुँतलाई मल र जैविक विषादीको रूपमा प्रयोग गरेका छन् । धौलागिरि बहुउद्देश्यीय कृषि तथा पशुपन्क्षी फार्ममा पालिएका गाईभैँसीको गहुँतबाट मल र जैविक विषादी बनाइ प्रयोग गरिएको हो ।
नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले पदभार ग्रहण गर्नुभएको छ । सोमबार राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहणलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर खानेपानीमन्त्री यादवले पदभार ग्रहण गर्नुभएको हो ।
जिल्लामा विपद् बाट क्षति भएका परिवारलाई नौ लाखभन्दा बढी राहत वितरण गरिएको छ ।
बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आफ्नो हालैको चीन भ्रमणलाई ‘बङ्लादेशको कूटनीतिक गतिविधिको महत्त्वपूर्ण हिस्सा’ भएको आइतबार आफ्नो सरकारी निवासमा गरिएको पत्रकार सम्मेलनमा बताउनुभएको छ ।
यहाँ चन्दा सङ्कलन गरेर केही दिनदेखि एम्बुलेन्स सञ्चालन गरिएको छ । राइनास नगरपालिका-२ स्थित लालिगुराँस निर्माण क्लबको अगुवाइ तथा सगरमाथा आरोही नरेन्द्र शाहीको पहलमा चन्दा सङ्कलन गरेर भलायखर्क स्वास्थ्य चौकीमा ग १ झ ६९४ नम्बरको एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो । क्बलका अध्यक्ष एवम् राइनास-२ का वडाध्यक्ष लक्ष्मण शाहीले चन्दा सङ्कलन गरेर उठेको रकमबाट गाउँमा एम्बु
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सञ्चारमाध्यम ‘न्यूयोर्क पोस्ट’ सँगको कुराकानीमा शनिबारको आक्रमणमा ‘आफू मारिने ‘सम्भावना’ बाट उम्केको बताउनुभएको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कार्यभार समाल्नुभएको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गएर कार्यभार समाल्नुभएको हो ।
पोखरा महानगरपालिकाले किसानलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रम अन्तर्गत २५ लाख अनुदान उपलब्ध गराएको छ ।