बृहस्पतिको अनुकूलताले पठनपाठनमा अभिरुचि बढेर जाला । शारीरिक एवं मानसिक आरोग्यता अनुकूल रहने छ । आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना रहेको छ । विवाद एवं प्रतिस्पर्धामा सफलता मिल्ने छ । सामान्य
बङ्गलादेशमा प्रतिद्वन्द्वी विद्यार्थीहरूबीच सोमबार भएको झडपमा कम्तीमा एक सय जना घाइते भएको प्रहरीले बताएको छ । प्रतिष्ठित सरकारी नोकरीका लागि कोटाको विरोध गरिरहेका प्रदर्शनकारीहरू र सत्तारूढ पार्टीप्रति बफादार विरोधी प्रदर्शनकारीबीच झडप भएको हो ।
सरकारले बाढीपहिरो एवं प्राकृतिक प्रकोपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उत्साहका साथ मन्त्रालयको जिम्मेवारीमा आएको बताउनुभएको छ।
नव नियुक्त परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपाल असंलग्न आन्दोलन र पञ्चशीलको सिद्धान्तमा विश्वास गर्ने मुलुक भएको बताउनुभएको छ।
सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा भारी वर्षा हुनाको कारण पत्ता लगाउन जल तथा मौसम विज्ञान विभागको विज्ञ टोलीले अध्ययन गरेको छ ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न सोमबारको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ।
तानसेन नगरपालिका–११ मा ड्रागनफ्रुटको व्यावसायिक खेती सुरु गरेकी जुनकला रानाले वार्षिक चार पटक फलेको फल बेचेर मनग्य आम्दानी गर्न पाउँदा खुसी हुनुभएको छ ।
कालीकोटको खाँडाचक्र नगरपालिकामा चट्याङ लागेर १४ भेडा मरेका छन् । वडा ६ को लेखमा रहेको भेडी गोठमा चट्याङ पर्दा १४ भेडा मरेका हुन् ।
प्रतिनिधि सभा सांसद पशुपति शमशेर जबराले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा भएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
गोरखामा श्रीमती हत्या गरेको आरोपमा कुमार सार्की पक्राउ परेका छन्। बारपाक सुलीकोट गाउँपालिका– ७ बालुवा बस्ने ३१ वर्षीय सार्कीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो।
राष्ट्रिय सभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई मूल रूपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको छ ।
यहाँबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित तीनजना सांसद सङ्घीय सरकारको नवगठित मन्त्रिपरिषदमा सहभागी भएसँगै पर्सामा पूर्वाधार विकास तथा निर्माणले गति लिने अपेक्षा गरिएको छ ।
मधेश प्रदेशमा यस वर्ष ६१ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । मधेश प्रदेशमा कूल पाँच लाख ७४ हजार ३६० हेक्टर खेतीयोग्य जग्गा छन् । जसमध्ये तीन लाख ८६ हजार १५० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ ।