रुकुम पश्चिममा गए राती आएको बाढीले घर बगाउँदा मृत्यु भएका तीन बालिकाको शव निकालिएको छ ।
साउने सङक्रान्तिलाई एउटा उत्सवकै रूपमा मनाइन्छ । परम्परागत रूपमा चलिआएका विधि पूरा गरिन्छ । साउन महिनाले चाडपर्वलाई भित्र्याउँछ भने स्नान, दान, होम, श्राद्ध जस्ता विशेष कार्यको सुरुवात साउने सङक्रान्तिदेखि हुन्छ ।
डोटीमा डेङ्गुका बिरामी बढ्दै गएपछि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाले सो अभियान सञ्चालन गरेका हुन् । डेङ्गुका बिरामीको
मनसुनी वर्षा सुरु भएसँगै पहाडी क्षेत्रमा बर्सेनि पहिरोको जोखिम हुने गरेको छ । भिरालो जमिनमा घर हुनेहरू लगातार र ठुलो पानी परेपछि रातभर सुत्न सक्ने स्थिति हुँदैन । कतिबेला माथिबाट पहिरो खस्ने हो वा तलबाट पहिरोले तान्ने हो भन्ने चिन्तामा रहनेमा मुलुकको कुल जनसङ्ख्याको ३० प्रतिशतभन्दा बढी देखिएको छ । पहिरोकै कारण खोलानालामा एकाएक बाढी आएर तटीय क्षेत्रमा पु¥याउने क्षतिसमेत उत्तिकै छ । विसं २०७८ मा सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढी र जुरे क्षेत्रको पहिरोले गरेको क्षति अकल्पनीय थियो । यस्तै खालका अन्य घटना पनि मुलुकमा हुँदै आएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १० वर्षयता मुलुकभर करिब तीन हजार वटा पहिरो गएका छन् र ती पहिरोमा परेर एक हजार तीन सयभन्दा बढीले ज्यान गुमाएका छन् । यसै गरी सोही अवधिमा भएका एक हजार पाँच सयभन्दा बढी बाढीका घटनामा परेर करिब आठ सय जनाको ज्यान गएको तथ्याङ्कले देखाएको छ । पहिरोकै कारण बाढीको जोखिम हुने गरेको विभिन्न घटनाले पुष्टि गरेका छन् । सडकमा गुडिरहेका सवारीसाधन पहिरोमा परेर भएको जनधनको क्षतिसमेत उत्तिकै छ । गत शुव्रmबार मात्रै दुई वटा रात्रि बस पहिरोमा परेर त्रिशूली नदीमा खस्दा ६१ जना बेपत्ता भएपछि सडक यात्रातर्फको जोखिमसमेत उच्च देखिएको छ । बेपत्ता यात्रुमध्ये हालसम्म केहीको मात्र शव फेला परेको छ । नारायणगढ–मुग्लिङ सडकखण्डको जोगीमारा र कृष्णभिरको पहिरोले निकै ठुलो क्षति पु¥याएको स्मरणीय छ । पहिरो रोकथामका लागि अनेक कार्य हुँदै आएका पनि छन् । कतिसम्म भने पहिरो रोकथामका लागि साहित्यकारले कृष्णभिरमा गएर कविता वाचन गर्ने जस्ता हास्यास्पद कार्यव्रmम पनि गरिए । अहिले यी दुवै पहिरो रोकिएका भए पनि नयाँ ठाउँमा पहिरो गएर ठुलो क्षति भएको हो । हाल बाढीको भन्दा पहिरोको जोखिम धेरै देखिएको छ । अकल्पनीय ठाउँमा पनि पहिरो गएर क्षति पुगेको छ । केही वर्षयता गाउँमा पुगेको डोजरे विकासका कारण पहिरोको जोखिम झनै वृद्धि भएको स्थानीयको भनाइ छ । भौगोलिक अवस्थाको जोखिम ख्याल नगरी अनियन्त्रित ढङ्गले डोजर चलाएर निर्माण गरिएका ग्रामीण सडकका कारण पहिरो जाने व्रmममा दोब्बर वृद्धि देखिएको हो । नारायणगढ–मुग्लिङ सडकको पहाडको अवस्था र पहिरोको स्थितिबारे अहिलेसम्म कुनै किसिमको अध्ययन नै नभएको भूगर्भविद् डा. रञ्जनकुमार दाहालको भनाइ गम्भीर छ । माथिल्लो क्षेत्रका पहाडको अवस्थितिबारे भौगर्भिक तथा वातावरणीय अध्ययन गरेर पहिरोको जोखिम नियन्त्रण कार्य तत्काल थाल्नुपर्ने उहाँको सुझाव सम्बन्धित क्षेत्रले मनन गर्न आवश्यक छ । जिल्ला ट्राफिक प्रहरीका अनुसार तीन वर्षयता मात्रै यो सडकखण्डमा ७६ पटक पहिरो खसेर ३२६ घण्टा त सडक नै अवरुद्ध भएको छ भने दर्जनौँ सवारीसाधन पुरिनुका साथै त्रिशूली नदीमा खसेका छन् । सबैभन्दा ठुलो हृदयविदारक घटना गत शुव्रmबारकै हो । गुडिरहेका बसलाई पहिरोले बगाएर भएको यति ठुलो क्षतिप्रति राज्य संयन्त्र गम्भीर हुन आवश्यक छ । नारायणगढ–मुग्लिङ सडकखण्डमा पटक पटक पुनर्निर्माण कार्य भएकोे छ । यसव्रmममा सडकको ३१ स्थानमा पहिरोको जोखिम ज्यादा भएकोबारे भारतीय कम्पनी इन्टरकन्टिनेन्टल कन्सल्टेन्ट एन्ड टेक्नोव्रmेट (आइसिटी) ले अध्ययन गरेर जोखिम क्षेत्र पहिचानसहित नियन्त्रणका लागि नारायणगढ–मुग्लिङ सडक आयोजनालाई प्रतिवेदन दिएको विदित हुन्छ । सोही प्राविधिक सुझावका आधारमा आयोजनाले १४ करोड रुपियाँको लागतमा २५ स्थानको पहिरो नियन्त्रणको काम गरेको जानकारी दिएको छ । पछिल्लो समयमा नयाँ नयाँ ठाउँमा पहिरो गएकोे छ । सडक पुनर्निर्माणका व्रmममा डोजर चलाउँदा, विस्फोटक पदार्थको प्रयोग गरिँदा थर्किएर खलबलिएको माथिल्लो क्षेत्र पानीले गलेपछि पहिरो जाने गरेको विज्ञको भनाइ छ । अर्कोतर्फ जथाभाबी गरिएको जग्गा प्लटिङले पनि थप समस्या निम्त्याएको देखिएको हो । पहिरो नियन्त्रणका लागि दीर्घकालीन समाधान खोज्न ढिला भइसकेको छ । रुखबिरुवा रोपेर पहिरो नियन्त्रण गरिने प्रविधि ‘बायोइन्जिनियरिङ’ लाई जोड दिनुपर्ने विज्ञको सुझाव मननीय छ । चट्टान खोपेर जाली प्रविधिबाट र कङ्व्रिmटको पर्खाल लगाएर पनि केही हदसम्म पहिरो नियन्त्रण गर्न सकिने वातावरणविद्को सुझाव रहेको छ । मनसुनी दुष्प्रभावको क्षति रोकथाम गर्न, न्यूनीकरण गर्न तथा योजनाबद्ध ढङ्गले प्रतिकार्यमा जुट्नुपर्ने त छँदै छ, पहिरो नियन्त्रणका सम्बन्धमा पनि तत्काल कार्ययोजना अगाडि बढाउन अपरिहार्य देखिन्छ ।
मुस्लिम समुदायको नयाँ वर्षसँगै सुरु हुने मोहर्रम पर्व नेपालगन्जमा विभिन्न कार्यव्रmम गरी मनाइँदै छ ।
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनको प्रिमियमबापतको बाँकी रकम बुझाउन उद्योगीलाई २८ किस्तामा तिर्न पाउने व्यवस्था गरेको छ ।
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–७ मा रहेको काप्रिचौर स्वास्थ्य चौकी महिला कर्मचारीले मात्र धानेका छन् । चौकीमा कार्यालय सहयोगीदेखि प्रमुखसम्म सबै महिला कर्मचारी कार्यरत छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउनको पहिलो साता बागमती प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ । विश्वासको मत दिने प्रयोजनका
बाँकेमा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै वन्यजन्तुको सहज जीवनयापन र वन संरक्षणका लागि काम गरिएको वन डिभिजन कार्यालय बाँकेले जनाएको छ । वन डिभिजन कार्यालयका अनुसार
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मङ्गलवारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो ।
रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिकलाई चार लाख १२ हजार नगद घुस सहित पक्राउ गरेको छ । अधिकृत मोहनसिंह धामी र अर्का कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जनाएको छ ।
कालीकोटमा चट्याङ लागेर १४ भेडा मरेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका–६ चुलीको लेकमा रहेको भेडीगोठमा चट्याङ पर्दा आज १४ भेडा मरेका हुन् ।
वराहक्षेत्र नगर अस्पतालमा आकस्मिक कक्षको सुरुवात गरिएको छ । बिरामीलाई आकस्मिक सेवा प्रदान गर्न आकस्मिक कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पतालको आफ्नै आन्तरिक स्रोतबाट निर्माण गरी आकस्मिक कक्षको विधिवत रूपमा उद्घाटन गरिएको छ ।
चितवनको मुग्लिङदेखि मलेखु सडकखण्डको १६ स्थानमा पहिरोको जोखिम रहेको पहिचान गरिएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ४० किलोमिटर क्षेत्रमा १६ स्थानमा पहिरोको जो