मुस्लिम समुदायको मोहर्रम पर्वमा नेपालगन्ज र सो वरिपरिको सुरक्षा व्यवस्था कडा पारिएको छ । पर्वमा सुरक्षा कडा बनाउन विशेष सुरक्षा योजना बनाइएको तथा ट्राफिक नियम उल्लङ्घन गरी मोटरसाइकल र स्कुटर चलाउनेहरूमाथि कडा निगरानी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनुभयो ।
बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधा प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१–०८२ को सुरुवातसँगै ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उदघोषका साथ सात वर्षका लागि स्थिर रहने गरी ८.९९ प्रतिशत प्रती वर्ष घर कर्जा योजना मङ्गलबार सार्वजनिक गरेको हो ।
नवलपुरको पहाडी क्षेत्रको मुख्य सडकमा पहिरो पन्छाउने काम सुरु गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक मंगलबार प्रमाणीकरण गर्नुभएको छ ।
महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राजीनामा दिनुभएको छ । मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले महान्यायाधिवक्ताको पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको हो ।
चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित त्रिशुली नदिमा दुर्घटना भई हराइरहेको यात्रुसहितको दुई वटा बस खोजी कार्यका लागि तीन सय एक सुरक्षा फौज परिचालन गरिएको छ ।
सिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा घरसँगै ढुङ्गाले किचेर मृत्यु भएका दुई जनाको गाउँमै पोष्टमार्टम हुने भएको छ। जिल्ला सदरमुकाम खाँदबारीबाट सुरक्षाकर्मी र चिकित्सक गाउँमै पुगेर पोष्टमार्टम गर्न लागिएको वडा नम्बर १ का अध्यक्ष अनिश कुलुङले जानकारी दिनुभयो।
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका पहिरोको उच्च जोखिममा छ । २०७५ साल यता पटक–पटक पहिरोका कारण यहाँका नागरिकले ज्यान गुमाउँदै आएका छन् । सोमबार राती आएको पहिरोका कारणले चार चौपाया मरेका छन् ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले बधाई तथा शुभकामना दिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको मन्त्रालय सङ्ख्या घटाएर छ वटा कायम गर्न लागेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मङ्गलबार पदभार सम्हाल्नुभएको छ । पदभार सम्हालेसँगै उहाँले महिला, बालाबालिका तथा ज्येष्ठ नागरिकको विकासका लागि पूर्ण निष्ठाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मस्को र किएभबिच चलिरहेको द्वन्द्वका बिच अमेरिकाले भारतलाई रुससँगको लामो समयदेखि रहेको सम्बन्धलाई उपयोग गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अन्त्यको पहल गर्न आग्रह गरेको छ ।
मौसम खुलेपछि कास्कीको पोखरा महानगरपालिका–१८ स्थित मेथ्लाङबाट देखिएको पर्यटकीय राजधानी पोखराको दृश्य ।
अर्घाखाँची १० औं पटक पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा भएको छ ।
नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीहरुलाई नियमित ब्याजका अत्तिरिक्त आर्थिक वर्ष २०७९/८० को नाफाबाट १ दशमलव २५ प्रतिशत थप प्रतिफल दिने भएको छ ।