कोलोराडो राज्यमा चारजनामा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू सङ्क्रमण फेला परेको रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्र (सीडीसी) ले पुष्टि गरेको छ ।
साउने सङ्क्रान्तिलाई किराँत लिम्बू समुदायले ‘सिसेक्पा तङ्नाम’ भन्ने गर्दछन्। सिसेक्पा तङ्नाम अर्थात् साउने सङ्क्रान्तिलाई किराँत लिम्बू समुदायले आफ्नो मौलिक पर्वका रूपमा मनाउने गरिएको पाइएको छ। मौलिक पर्वका रूपमा मनाउँदै आएका ताप्लेजुङसहित पूर्वका किराँत लिम्बू समुदायले साउन १ गते मङ्गलबार अर्थात् सङ्क्रान्ति पर्व (सिसेक्पा तङ्नाम) भव्य रूपमा मनाएका छन्।
नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले मुलुकका ठुला दुई दल मिलेर सरकार बनाउनु राम्रो भएको बताउनुभएको छ।
मोरङको बेलबारी-१ नक्सल उत्तरको घना जङ्गलमा अन्दाजी ६५/६६ वर्षका वृद्ध भेटिनुभएको छ।
बाँकेको कोहलपुर नगरपालिकामा बृहत् वृक्षारोपण गरेर एकै दिन विभिन्न प्रजातिका एक हजार बढी बिरुवा रोपिएको छ। कोहलपुर ८ मा आठ सय र कोहलपुर ३ मा दुई सय गरेर एकै दिन एक हजार बढी बिरुवा रोपिएको हो।
एघार दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सडक अझै सञ्चालनमा आउन सकेको छैन । गत असार २१ गतेको भारी वर्षाका कारण सडक माथिदेखि खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।
भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा ८० करोड ५८ लाख १४ हजार पाँच सय ९२ राजश्व सङ्कलन गरेको छ । ३६ हजार आठ सय ७५ थान रजिस्ट्रेसन पारितबाट उक्त आम्दानी भएको हो ।
प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले प्राप्त उजुरी अध्ययन र छानबिन गरी निर्णयसहितको प्रस्ताव पेस गर्न सभापति ऋषिकेश पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको छ ।
गोरखापत्रका नायब कार्यकारी सम्पादक सरोज अधिकारीलाई उहाँका सहकर्मीले मङ्गलबार बिदाइ गर्नुभएको छ । गोरखापत्र दैनिक, मनोरम अप्सरा, युवामञ्च र गोरखापत्र अनलाइनमा विभिन्न जिम्मेवारीमा रहेर कार्य गर्नुभएका अधिकारी ५८ वर्ष उमेर हदका कारण बुधबारबाट सेवा निवृत्त हुँदै हुनुहुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिमेकी देशका सरकार प्रमुखले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ । उहाँलाई अहिलेसम्म भारत, भुटान र पाकिस्तानका सरकार प्रमुखले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेश सभा सदस्यले दल फेरि दलको नेता हटाएका छन्।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आज पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ ।
गोरखाको आँबुखैरनी-मनकामना सडकखण्ड ५ दिनदेखि पहिराको कारण अवरुद्ध भएको छ। जिल्लाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने सडक खण्ड ढुङ्गा, माटो सहितका पहिरोले सडक नै बगाएपछि सवारी साधन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो।
नेपाली भाषा साहित्यको क्षेत्रमा उल्लेख्य काम गर्नुभएका स्व. रामेश्वर चापागाईँको स्मृतिमा एक ग्रन्थ प्रकाशनमा आएको छ ।
गएको चौबिस घण्टामा मनसुनी विपदमा परी सात जनाको मृत्यु भएको छ । मनसुन अवधिमा बाढी, पहिरोलगायतका विपदमा परी हालसम्म एक सय २० जनाको मृत्यु भइसकेको छ । गत जेठ २८ देखि आजसम्ममा उनीहरूको मृत्यु भएको हो ।